२३ असार २०८३, मंगलबार

गिनीको सुन खानीमा खसेको पहिरोका कारण १५ जनाको मृत्यु

बैशाख २६, २०७८
गिनीको सुन खानीमा खसेको पहिरोका कारण १५ जनाको मृत्यु

पश्चिम अफ्रिकी मुलुक गिनीको उत्तरपूर्वी सिगुइरी क्षेत्रको एउटा सुन खानीमा पहिरो खस्दा कम्तीमा १५ जनाको मृत्यु भएको छ ।

रेडक्रसका स्थानीय अधिकारीहरुले खानीभित्र अरु मानिस पनि पुरिएको हुन सक्ने बताएका छन् । 

पहाडको माथिल्लो भागबाट शुरु भएको पहिरो खानीमाथि खसेको थियो । पहिरोका कारण खानी भित्र कार्यरत मजदूरहरु थुनिएका वा माथिबाट ढुङ्गाले लागेको हो भन्ने यकिन हुन नसकेको अधिकारीहरुको भनाई छ । 

salt training

कमेन्ट गर्नुहोस्