३१ जेठ २०८३, आइतबार

इन्जिनियरहरू काममा फर्किए

कात्तिक २०, २०७४
इन्जिनियरहरू काममा फर्किए
काठमाडौँ, १३ पुस - भूकम्पबाट अति प्रभावित ११ जिल्लाका गाउँ गाउँमा आवास निर्माणमा सहयोग पु-याउन खटिएका प्राविधिक तथा इन्जिनियरहरू आन्दोलन छोडेर काममा फर्किएका छन्, गोरखापत्र दैनिकमा खबर छ ।working-house

प्राविधिक तथा इन्जिनियरहरूले राखेका मागबारे सुनुवाइ भएको र मन्त्रिपरिषद्बाट निर्णयको प्रक्रियामा रहेका जानकारी प्राधिकरणबाट आएपछि आइतबारदेखि नै सबै जना पूर्ववत काममा फर्किएका केन्द्रीय प्राविधिक समूह दोलखाका संयोजक सन्तोष क्षेत्रीले बताए । उनले भने , ‘मुलुक र जनताप्रति जिम्मेवारीबोध गरेर हालको अवस्थामा काममा फर्किएका हौँ । केही माग पूरा भएको छ । बाँकी माग पूरा हुने आश्वासन प्राधिकरणबाट पाएका छौँ । ’
प्राविधिक तथा इन्जिनियहरूले दुर्गम र सुगमका आधारमा भत्ताको व्यवस्था हुनुपर्ने, बिमाको व्यवस्था हुनुपर्ने, काम गर्ने स्थानमा कार्यालयको व्यवस्था हुनुपर्ने र आवास सुपरीवेक्षणका लागि स्पष्ट कार्यविधि समयमा प्राप्त हुनुपर्ने जस्ता माग अघि सारेर सामूहिक राजीनामा बुझाउने भन्दै काम छोडेर हिँडेका थिए । आन्दोलन गर्नेहरूमा काठमाडौँ उपत्यकाका तीन जिल्लामा खटिएका प्राविधिक इन्जिनियरहरू थिए । सहरी विकास तथा भवन निर्माण विभागले करिब दुई हजार छ सय प्राविधिक इन्जिनियरलाई करार नियुक्त गरेर आधारभूत तालिम दिएर गाउँ गाउँमा खटाएको थियो ।
गाउँ–गाउँमा खटिने प्राविधिक तथा इन्जिनियर राख्दै आएका जायज माग पूरा गर्न राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको निर्देशक समितिले निर्णय गरिसकेको र अर्थ मन्त्रालय पनि सकारात्मक रहेकोले छिटै कार्यान्वयन हुने प्रतिबद्धता व्यक्त गरेर उनीहरूलाई काममा फर्काइएको प्राधिकरणका प्रमुख सुशील ज्ञवालीले बताए ।

salt training

कमेन्ट गर्नुहोस्