राप्रपाका एकमात्र प्रतिनिधिसभा सदस्य राजेन्द्र लिंदेनमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । गृहजिल्ला झापामा रहेका उनलाई आइतबार संक्रमण पुष्टि भएको । मेची अस्पतालमा गरिएको परीक्षणमा संक्रमण पुष्टि भएपछि उनी झापास्थित निवासमै आइसोलेशनमा रहेको राप्रपा नेता राजाराम बर्तौलाले जानकारी दिए ।
प्रतिनिधिसभामा राप्रपाको लिंदेनको मात्रै उपस्थिति रहेको र भोलि प्रधानमन्त्रीले विश्वासको मत लिनका लागि बोलाइएको बैठकमा सो भोट निर्णायक पनि नभएकाले उनी काठमाडौं नआउने बुझिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार विश्वासको मत लिनका लागि प्रतिनिधिसभा बैठक बोलाइएको छ ।