
एमाले नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल कोरोना संक्रमणमुक्त बनेका छन् । खनालले आज आएको पीसीआर रिपोर्ट नेगेटिभ भएको सामाजिक सञ्जालमार्फत बताएका छन् ।
एक हप्ता अघि कोभिड–१९ को लक्षण देखा परे पश्चात खनाल थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटल भर्ना भएको थिए । उनले कोरोना संक्रमणमुक्त भएपनि केहीदिन अस्पतालमै रहने जानकारी दिएका छन् ।
उनले आफ्नो स्वास्थ्य लाभको कामना गर्ने सबैप्रति आभारसमेत प्रकट गरेका छन् ।