१५ असार २०८३, सोमबार

अमेरिकाको मेरील्यान्डमा भएको गोलीकाण्डमा नेपालीको मृत्यु

बैशाख २७, २०७८
अमेरिकाको मेरील्यान्डमा भएको गोलीकाण्डमा नेपालीको मृत्यु

अमेरिकाको मेरील्यान्डमा एक बन्दूकधारीले अन्धाधुन्ध गोली चलाउँदा एक नेपाली युवकसहित चारजनाले ज्यान गुमाएका छन् । 

मृतक नेपाली युवकको नाम सागर घिमिरे भएको बाल्टिमोर सन पत्रिकाले खबर दिएको छ । 

शनिवार भएको घटनामा वूडलनस्थित घरबाहिर बसिरहेको बेलामा घिमिरेलाई उनका छिमेकीले गोली हानेर हत्या गरेका हुन् । ती छिमेकीको मानसिक असन्तुलन रहेको बताइएको छ । 

सागरका काका कप्तान घिमिरेका अनुसार, सागरले साउथ क्यारोलाइनाको क्लाफलिन विश्वविद्यालयबाट कम्प्युटर साइन्समा स्नातक तह सिध्याएका थिए र स्नातकोत्तर पढ्नका लागि मेरील्यान्ड आएका थिए । 

सागरले अमेरिकाबाटै नेपालका गरीबगुरुवाको सहायता गर्न खोजेका थिए । उनले एड्स लागेका एक नेपालीको स्वास्थ्योपचारका लागि चन्दा उठाउने कार्यक्रम समेत सञ्चालन गरेका थिए । 

सोमवार कप्तान घिमिरे र उनका दुई सन्तान क्यालिफोर्नियाबाट बाल्टिमोर जानेछन् र सागरको दाहसंस्कार गर्नेछन् । 

उनीहरूलाई बाल्टिमोर काउन्टीका विधायक ह्यारी भण्डारीले सहयोग गर्नेछन् । भण्डारीले शनिवार कार क्याराभ्यान र्‍यालीका दौरान गोलीकाण्डको बारेमा सुनेको बताए । आफू घटनास्थल पुगेको र घिमिरेको परिवारसँग सम्पर्क गरेको जानकारी पनि उनले दिए ।

salt training

कमेन्ट गर्नुहोस्