०२ असार २०८३, मंगलबार
एमाले विवाद

‘म त घरमै छु, माधव नेपालको बैठकमा गयो भनेर लेख्दिएछन्’

बैशाख २७, २०७८
‘म त घरमै छु, माधव नेपालको बैठकमा गयो भनेर लेख्दिएछन्’

नेकपा एमालेकी सांसद समिना हुसेन सोमवार प्रतिनिधि सभा बैठकमा जाने तरखर गर्दै थिइन् ।

त्यहीबेला विभिन्न अनलाइन मिडियामा समाचार आयो, ‘समिना हुसेन र पार्वती विशुंखे माधव नेपाल समूहको बैठक छाडेर बाहिरिए ।’ त्यसपछि सांसद हुसेनलाई फोन आउन थाल्यो । 

‘माननीय कलिला खातुन बैठकमा जानुभएको थियो, म बैठकमा गएर निस्कियो भनेर लेख्दिएछन्, म त घरमै छु,’ सांसद हुसेनले लोकान्तरसँग भनिन् । उनी रौतहटबाट प्रतिनिधित्व गर्ने नेकपा एमालेकी समानुपातिक सांसद हुन् । 

त्यसपछि बैठकबाट निस्किएकी कलिला खातुनलाई सम्पर्क गर्दा उनले बैठक सकिएर निस्किएको बताइन् । 

‘हामी बैठक सकिएर निस्कियौं, दुई जना पत्रकार बहिनीहरू पछिपछि आउनुभएको थियो । नेताहरू बोल्नुहुन्छ है भनेर हिँडेका थियौं,’ सांसद खातुनले भनिन्, ‘हामीले बैठक बहिस्कार गरेर हिँडे भनेर प्रचार भएछ ।’

संसद् सचिवालय सिंहदरबारमा सोमवार बिहान बसेको माधव नेपाल पक्षको भेलामा सहभागी भएर उनी बाहिरिँदै थिइन् । उनले संसद्मा उपस्थित नहुने र आज कसैले राजीनामा नदिने निर्णय भएको बताइन् । 

आफूसँग सोध्दै नसोधी बैठक बहिस्कार गरेको भनेर लेखेको उनले गुनासो गरिन् । ‘पत्रकारहरूले बुझेर, अन्तर्वार्ता लिएर पो लेख्दिनुपर्ने, जे पायो त्यही लेख्न हुन्छ ?’ उनले गुनासो गरिन् ।

कलिला तनहुँबाट प्रतिनिधित्व गर्ने समानुपातिक सांसद हुन् । 

कलिला र समिना दुवै मुस्लिम समुदायका सांसद हुन् ।

आफूहरूको नाममा पत्रकारहरू झुक्किने गरेको समिनाले बताइन् ।  

salt training

कमेन्ट गर्नुहोस्