
नेकपा एमालेको झलनाथ खनाल-माधव नेपाल पक्षका दोस्रो तहका नेताहरू छलफलमा जुटेका छन् । सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, योगेश भट्टराई, गोकर्ण विष्ट लगायतका नेताहरू छलफलमा जुटेका हुन् ।
यसअघि आजै बसेको खनाल-नेपाल पक्षीय सांसदहरूको बैठकले प्रधानमन्त्रीको विश्वासको मतमा मतदान हुने प्रतिनिधि सभाको आजको बैठकमा अनुपस्थित हुने र तत्काल सामूहिक राजीनामा पनि नदिने निर्णय गरेको थियो ।
सो बैठकलगत्तै दोस्रो तहका नेताहरू छलफलमा जुटेका हुन् । भट्टराई, भुसाल लगायतले राजीनामा दिएर पार्टी विभाजनको मार्ग प्रशस्त गर्नुभन्दा पार्टीभित्रै रहेर संघर्ष गर्नुपर्ने धारणा राख्दै आएका छन् ।
उनीहरूकै जोडबलमा सांसदहरूको सामूहिक राजीनामा रोकिएको स्रोतको दाबी छ ।