२२ असार २०८३, सोमबार

विश्वासको मतको तयारी– प्रधानमन्त्री ओली संसद् भवनमा

बैशाख २७, २०७८
विश्वासको मतको तयारी– प्रधानमन्त्री ओली संसद् भवनमा
फाइल फोटो

विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको प्रतिनिधि सभाको बैठकमा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओली संसद् भवन पुगेका छन् ।

विश्वासको मतको प्रयोजनका लागि संसद् बैठक सोमवार दिउँसो १ बजे बस्दैछ । २०७७ फागुन ११ गते सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनःस्थापना गरेयताका बैठकमा ओली सहभागी भएका थिएनन् ।

संसद् भवनमा पुगे पनि उनी बैठकमा सहभागी नभई फर्किने गरेका थिए । संसद् भवनमा सांसदहरू पुग्ने क्रम शुरू भएको छ ।

कोरोना संक्रमित सांसदका लागि मतदानका लागि मतदान गर्न संसद् भवनबाहिर त्रिपालको व्यवस्था गरिएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्