१५ असार २०८३, सोमबार

कोभिड औषधि खरिदको भ्रष्टाचारको नाममा अनुचित ‘कनेक्सन’ देखाइयो : प्रधानमन्त्री ओली

बैशाख २७, २०७८
कोभिड औषधि खरिदको भ्रष्टाचारको नाममा अनुचित ‘कनेक्सन’ देखाइयो : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड विरुद्धको औषधि खरिदमा भ्रष्टाचार भएको नाममा अनुचित ‘कनेक्सन’ देखाइएको बताएका छन् ।

प्रधानमन्त्री निकटका व्यवसायीले कमिसन खान खोज्दा खोप ल्याउन ढिलाइ भएको प्रचारबाजी भइरहेका बेला ओलीले स्पष्ट पारेका छन् ।

सोमवारको प्रतिनिधिसभा बैठकमा विश्वासको मत माग्न प्रस्ताव राख्ने क्रममा बैठकलाई सम्बोधन गर्दै ओलीले कोरोना महामारीको बेला भ्रष्टाचार र अपराध गर्ने कार्य क्षम्य नहुने बताए ।

‘कोभिडविरुद्ध औषधि खरिदमा भएको भ्रष्टाचारको नाममा कुरा उछाल्ने, नभएको कनेक्सन अनुचित ढंगले देखाउने काम भएको छ,’ ओलीले भने, ‘हामीलाई थाहा छ, दुनियाँमा भ्याक्सिनको अभाव छ । दक्षिण एसियामा भारतपछि भ्याक्सिनको प्रयोग गर्ने हाम्रो देश हो । एउटा पनि पीसीआर नभएको ठाउँमा ८६ स्थानमा पीसीआर हुँदैछ ।’

उनले सरकारले कोभिड नियन्त्रणका लागि काम गरिरहेको बताए ।

salt training

कमेन्ट गर्नुहोस्