माघ १४, २०७९
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने नागरिकतासम्बन्धी मुद्दामा दोषी ठहर भएसँगै उनले सांसद, पार्टीको सभापति, गृह मन्त्री र पार्टी संसदीय दलको नेता पद एकैसाथ गुमाएका छन् । कामु प्रधानन्यायाधीश हरि...
काठमाडाैं | बैशाख २७, २०७८
प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार कुनै पनि हिसाबले विश्वास नगर्नुपर्ने सरकार हुँदै नभएको बताएका छन् ।
सोमवार प्रतिनिधिसभा बैठकमा विश्वासको मत माग्दै प्रधानमन्त्री ओलीले भने, ‘वर्तमान सरकार कुनै पनि हिसाबले विश्वास नगर्नुपर्ने सरकार हुँदै होइन ।’
राष्ट्रियताको सवालमा अडान लिएर सरकारले राष्ट्रिय स्वाभिमान माथि उठाउने काम गरेको उनले बताए । ‘राष्ट्रियताको सवालमा मैले धेरै भनिराख्नुपर्दैन । राष्ट्रिय हितको रक्षा र सम्वर्द्धनको प्रश्नमा, भौगोलिक अखण्डताको पहरेदारी गर्ने सन्दर्भमा, राष्ट्रिय स्वाभिमान माथि उठाउने सन्दर्भमा वर्तमान सरकारले कुनै कसर बाँकी नराखेको कुरा तर्कभन्दा माथि छ, तस्वीर आफैं बोल्छ,’ उनले भने ।
प्रधानमन्त्री ओलीले सुशासन र विकासको सन्दर्भमा समेत सरकारले काम गरेको बताए । ‘मैले धेरै भनिराख्नु पर्दैन । हाम्रा कामहरू आफैं बोल्छन् । तसर्थ विश्वास नगर्नुपर्ने कुनै कारणै छैन,’ उनले भने ।
उनले कोभिड विरुद्धको औषधि खरिदमा भ्रष्टाचार भएको नाममा अनुचित ‘कनेक्सन’ देखाइएको बताए । प्रधानमन्त्री निकटका व्यवसायीले कमिसन खान खोज्दा खोप ल्याउन ढिलाइ भएको प्रचारबाजी भइरहेका बेला ओलीले स्पष्ट पारेका छन् ।
बैठकलाई सम्बोधन गर्दै ओलीले कोरोना महामारीको बेला भ्रष्टाचार र अपराध गर्ने कार्य क्षम्य नहुने बताए । ‘कोभिडविरुद्ध औषधि खरिदमा भएको भ्रष्टाचारको नाममा कुरा उछाल्ने, नभएको कनेक्सन अनुचित ढंगले देखाउने काम भएको छ,’ ओलीले भने, ‘हामीलाई थाहा छ, दुनियाँमा भ्याक्सिनको अभाव छ । दक्षिण एसियामा भारतपछि भ्याक्सिनको प्रयोग गर्ने हाम्रो देश हो । एउटा पनि पीसीआर नभएको ठाउँमा ८६ स्थानमा पीसीआर हुँदैछ ।’
उनले सरकारले कोभिड नियन्त्रणका लागि काम गरिरहेको बताए ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने नागरिकतासम्बन्धी मुद्दामा दोषी ठहर भएसँगै उनले सांसद, पार्टीको सभापति, गृह मन्त्री र पार्टी संसदीय दलको नेता पद एकैसाथ गुमाएका छन् । कामु प्रधानन्यायाधीश हरि...
नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले छिटो राष्ट्रपतिको निर्वाचन गरी अहिले देखिएको संशयको घेरालाई तोड्नुपर्ने बताएका छन् । सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै खड्काले दायाँबायाँ नसोची फागुन २८ भित्रै राष्ट्रपत...
उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठसँग नेपालका लागि चिनियाँ राजदूत चेन सोङले शिष्टाचार भेटवार्ता गरेका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आज भएको भेटमा आपसीहि...
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'लाई भेट्न बालुवाटार पुगेका छन् । राष्ट्रपतिको निर्वाचन, रवि लामिछानेको नारिकताका सम्बन्धमा सर्वोच्चको आदेशपछिको पर...
‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेका २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ– शनिबार नेपालका सबै सरकारी वेबसाइट डाउन भएका छन्। सबैजसो सरकार...
नक्कली मदिरा बनाएको आरोपमा पक्राउ परेर धरौटीमा छुटेकाहरूको कनेक्सन अहिले फेरि त्यस्तै आरोपमा पक्राउ परेकाहरूसँग रहेको पाइएको छ । आज (आइतवार) काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले ठूलो मात्रामा नक्कली...
डा. इन्द्रजित सिंह कुँवर अर्थात डा. के.आई. सिंहले २०१४ साउन ११ गते प्रधानमन्त्री पदको शपथ लिए । आफूले एक रुपैयाँ पनि तलमाथि नगर्ने र अरूलाई पनि गर्न नदिने प्रतिबद्धतासहित प्रधानमन्त्री भएका उनले गोप्यरूपमा भ्रष्टा...
मानव सभ्यताको इतिहासबाट युद्ध निकालिदिने हो भने त्यो पूर्ण हुने छैन । परापूर्वकालदेखि अहिलेसम्म पनि विभिन्न परिणामका युद्धहरू भइरहेका छन् । एकाथरि विद्वानहरू मानव विकासको प्रमुख आधार नै संघर्ष वा युद्ध हो भन्ने ...
जयमुकुन्द खनाल—नेपालको प्रशासनिक क्षेत्रको त्यस्तो नाम हो, जो कहिल्यै विवादमा परेन, कुनै 'स्क्यान्डल' मच्चाएन । प्रचारमा आउन पटक्कै मन नपराउने र आफ्नै पाराले मिहीनरूपमा काम गर्ने खनाल कृषि तथा पशुपन्...