२५ जेठ २०८३, सोमबार

दूताबास डाकेर भारतीय रादूतले दिए राजपा नेताहरुलाई यस्तो सुझाव

कात्तिक २०, २०७४
दूताबास डाकेर भारतीय रादूतले दिए  राजपा  नेताहरुलाई यस्तो सुझाव
काठमाडौँ, १७ जेठ- भारतीय राजदूतले स्थानीय निर्वाचनमा सहभागी हुन राष्ट्रिय जनता पार्टी नेपालका नेताहरूलाई सुझाब दिएका छन् । मंगलबार बिहान राजपाका नेताहरूलाई दूतावासमै डाकेर राजदूत मञ्जीवसिंह पुरीले यस्तो सुझाब दिएका हुन् ।
Rajapa ,,
राजपाका अध्यक्षमण्डलका पाँचजना सदस्य महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्र राय यादव, अनिल झा, शरत्सिंह भण्डारी कांग्रेस सभापति शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठक छाडेर राजदूत पुरीसँग भेट गर्न दूतावास पुगेका थिए । दुई घन्टा लामो छलफलमा राजदूत पुरीले घुमाउरो भाषामा निर्वाचनमा सहभागी हुँदा सहज हुने सुझाब दिएका थिए, नयाँ पत्रिकामा खबर छ ।

‘तपाईंहरू आन्दोलनमा हुनुहुन्छ, निर्वाचनलाई आन्दोलनका रूपमा लैजान राम्रो होला,’ पुरीको सुझाब थियो । छलफलमा सहभागी एक नेताका अनुसार पुरीले सरकारले निर्वाचन १४ असारमा गर्ने तयारी गरिरहेकाले जाँदा सहज हुने भनाइ राखेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्