
कोरोना विशेष अस्पताल बेलझुण्डीमा पछिल्लो २४ घण्टाको अवधिमा ८ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन् ।
ज्यान गुमाउनेमा तुलसीपुर उपमहानगरपालिकाका ५, घोराही उपमहानगरपालिका, गढवा र दंगीशरण गाउँपालिकाका १/१ जना रहेका छन् ।
अस्पतालका व्यवस्थापक दोर्ण ओलीले अस्पतालको क्षमताले भ्याएसम्म संक्रमितलाई स्वास्थ्य सेवा प्रदान गरिएको जानकारी दिए ।
पछिल्लो समय जिल्लामा अक्सिजनको चरम अभावका भएको छ ।
पर्याप्त अक्सिजन नहुँदा संक्रमितको अवस्था दयनीय रहेको तुलसीपुर उपमहानगरपालिका प्रमुख घनश्याम पाण्डेले सामाजिक सञ्चालमार्फत जनाए ।
उनले अक्सिजनको चरम अभावका कारण बिरामी छट्पटाइरहेको अवस्था रहेकाले यसमा जिल्लाका सांसदलाई यसतर्फ गम्भीर ध्यान दिन आग्रह गरेका छन् ।