११ असार २०८३, बिहीबार

अक्सिजन र आईसीयू कुर्दाकुर्दै मृत्यु, आकस्मिक कक्षमा कुरिरहेका ८ जनाको मृत्यु

बैशाख २९, २०७८
अक्सिजन र आईसीयू कुर्दाकुर्दै मृत्यु, आकस्मिक कक्षमा कुरिरहेका ८ जनाको मृत्यु

अक्सिजन र आईसीयू नपाएर कोरोना संक्रमितले ज्यानै गुमाउने क्रम बढेको छ । बुटवलमा मात्रै पछिल्लो २४ घण्टामा आकस्मिक कक्षमा कुरिरहेका ८ जनाको मृत्यु भएको छ ।

त्यसैमध्येका एक हुन् रूपन्देहीको बुटवल–१२ का ६३ वर्षीय पुरुष । उनलाई गत वैशाख २५ गते कोरोना संक्रमण पुष्टि भएको थियो । श्वासप्रश्वासमा समस्या भएकाले परिवारजनले घरमै अक्सिजन चढाएर उपचार थाले । त्यसले नधानेपछि भोलिपल्ट लुम्बिनी प्रादेशिक अस्पताल पुर्‍याइयो । त्यहाँ धेरै संक्रमितलाई भुइँमा सुताएर अक्सिजन चढाइएको थियो । को संक्रमित, को कुरुवा छुट्याउन सकिने स्थिति थिएन । ‘यस्तो भद्रगोलमा कसलाई गुहार्ने, अलमल पर्‍यौं,’ उनका भाइ सुरेन्द्र आचार्यले भने, ‘इमर्जेन्सीमा संक्रमित र कुरुवाको ताँती थियो ।’

भुइँमै खाली ठाउँ र एक सिलिन्डर अक्सिजन खोजेर दाइको उपचार सुरु गराएको आचार्यले सुनाए । ‘अक्सिजन चढाएपछि पनि दाजुको स्वास्थ्यमा सुधार देखिएन,’ उनले भने, ‘त्यसपछि डाक्टर र नर्सले आईसीयू खाली नरहेकाले कतै व्यवस्थापन गरेर लैजान सल्लाह दिए ।’ बिरामीको स्वास्थ्य गम्भीर भइसकेको थियो । ‘आईसीयूका लागि जिल्लाभरका अस्पतालमा फोन गरें,’ आचार्यले भने, ‘कतै आईसीयू नपाएपछि दाइलाई बचाउन सकिएन ।’ कान्तिपुरमा खबर छ । 
 

salt training

कमेन्ट गर्नुहोस्