
अमेरिकाको कोलोराडो शहरस्थित थीम पार्कमा छोटो लुगा लगाउने महिलालाई ५ वर्षसम्म प्रवेश निषेध गरिएको छ ।
ओकलेहामाको पार्कभित्र पुगेकी महिला बेली ब्रीडलवलाई पार्कका सुरक्षाकर्मीले छोटो लुगा लगाएका कारण बाहिर निकालिदिएका छन् ।
छोटो कट्टु लगाएका कारण पार्कबाट बाहिर निकाल्दै सुरक्षाकर्मीले नयाँ कट्टु किन्न सुझाव समेत दिएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
बेलीले यसबारेमा सामाजिक सञ्जाल फेसबूकमा लेखेर सार्वजनिक गरेकी छन्, उनको पोस्ट भाइरल भएको छ । ती महिलालाई पार्कमा ५ वर्षका लागि प्रवेश निषेध गरिएको छ ।
ती महिलाले पार्कको दुर्व्यवहारबारे प्रहरीमा जाने बताएकी छन् । परिवारका साथ पार्कमा घुम्न गएको बेला उनलाई छोटो लुगा लगाएको भन्दै पार्कबाट बाहिर गरिएको थियो ।