२५ असार २०८३, बिहीबार

सञ्चारमन्त्रीद्वारा सांसद चौलगाईंलाई राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जलि अर्पण

बैशाख २९, २०७८
सञ्चारमन्त्रीद्वारा सांसद चौलगाईंलाई राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जलि अर्पण

नेकपा एमालेका नेता तथा बागमती प्रदेशसभा सदस्य पशुपति चौलागाईंको पार्थीव शरीरमाथि सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले राष्ट्रिय झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।

मन्त्री गुरुङले बुधवार बिहान मनमोहन मेमोरियल अस्पतालमा पुगेर राष्ट्रिय झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जलि व्यक्त गरे ।

पार्टीका अनुशासन आयोगका अध्यक्ष अमृतकुमार बोहराले पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जलि अर्पण गरे । उनको केही समयपछि पशुपति आर्यघाटको विद्युतीय शव दाहगृहबाट अन्त्येष्टि गरिने छ ।

कोरोना संक्रमणबाट मंगलवार राति नेता चौलागाईंको निधन भएको थियो ।

नेकपा एमाले पोलिटब्यूरो सदस्य रहेका चौलागाईं दोलखा (२) बाट बागमती प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । नेता चौलागाईं विक्रम संवत् २०५६ सालको निर्वाचनमा दोलखा क्षेत्र नम्बर १ बाट निर्वाचित भएका थिए ।

उनी २०७० सालको संविधानसभा चुनावमा समानुपातिक कोटाबाट सांसद भएका थिए ।

विद्यार्थीकालदेखि नै सक्रिय राजनीतिमा रहेका चौलागाईं निष्ठावान र इमान्दार नेता थिए । उनको निधनले दोलखाका साथै सिङ्गो राष्ट्रले अपूरणीय क्षति व्यहोर्नुपरेको एमाले बागमती प्रदेश संगठनका अध्यक्ष आनन्दप्रसाद पोखरेलले बताए ।

salt training

कमेन्ट गर्नुहोस्