भारतको चण्डीगढमा रहेको पोस्ट ग्य्राजुएट इन्स्टिच्युट अफ मेडिकल एजुकेसन यान्ड रिसर्चमा राति एउटा ह्वीलचेयर आफैं रहस्यमय तरिकाले गुडेको सीसीटीभी क्यामरामा देखिएको छ ।
रोकेर राखिएको ह्वीलचेयर आफैं गुडेर बाहिरतिर गएको थियो । भिरालो ठाउँबाट गुडेर त्यो बगैैचातिर आफैं गएको थियो ।
सुरक्षागार्ड मनोज कुमारले घटना प्रत्यक्ष देखेका थिए । उनैले पछि ह्वीलचेयरलाई पुरानो ठाउँमा राखे ।
यसलाई सीसीटीभी क्यामरामा हेरेका अस्पताल कर्मचारीहरूले भूत ह्वीलचेयरमा बसेर अस्पताल बाहिर जान खोज्दैथियो कि भनी शंका गरे ।
यो दृश्य देखेपछि अस्पतालका कर्मचारीहरूलाई राति काम गर्न डर लागेको छ ।
सुरक्षागार्ड मनोजका अनुसार, घटनाको भएको बेलामा हावा चलेको थियो र निकै चिसो अनुभव भएको थियो ।
Hospital staff spooked by wheelchair that moves on its own pic.twitter.com/T3m4DM3tU3
— The Sun (@TheSun) May 12, 2021