×

NMB BANK
NIC ASIA

कोरोना संक्रमितहरू उपचाररत अस्पतालमा पुग्दा

‘ग्राउन्ड जिरो’ टेकु अस्पताल : भाग १ – यहाँ त अर्कै संसार रहेछ, डाक्टरको मायाले नै बाँचियो !

बैशाख २९, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

‘तपाईं डराउनुपर्दैन, निको हुन्छ । हेर्नुस् त, दिनमा ३/४ हजार मान्छे निको भएर घर गएका छन् । सबैभन्दा ठूलो कुरा आत्मबल हो ।’

Muktinath Bank

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रवक्ता डा. अनुप बास्तोला अस्पतालको इमर्जेन्सी कक्षबाहिर सिँढीमा अक्सिजन लिइरहेका काठमाडौं महानगरपालिका– १६ वनस्थलीका आनन्दराज खनियाँलाई सम्झाउँदै थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘हैन अलिक डर लागेको छ डाक्टर सा’ब, अक्सिजन लेभल अलि तल झरेको छ,’ आनन्दराजले डा. बास्तोलालाई भने ।


Advertisment
Nabil box
Kumari

डाक्टरले उनलाई ढाडमा थप्थपाउँदै भने, ‘आत्तिनु पर्दैन, हिजो अस्पताल आउँदाभन्दा आज धेरै निको भएको देखेका छु । हेर्नुस्, आज २ मा अक्सिजन चलाएपनि भएको छ ।’

Vianet communication
Laxmi Bank

त्यसपछि आनन्द केही मुस्कुराए । सँगै रहेकी उनी श्रीमती सीता पाण्डे खनियाँले सम्झाउन थालिन् ।

‘डाक्टर‘साबले भनेको बुझ्नु भो नि ? केही हुँदैन । हिजोदेखि म तपाईंसँगै छु त,’ श्रीमतीले यसो भन्दै गर्दा उनले आँखामा हेरिरहे ।

‘डाक्टर सा’बले माया गर्नुभएको छ । माया गरेर भन्नुभएको,’ सीताले आनन्दलाई सम्झाइन् ।

डा. बास्तोलाले उनलाई घोप्टो परेर अक्सिजन लिने तरिका सिकाए । 

आनन्दले केही समय घोप्टो परेर अक्सिजन लिने अभ्यास गरे । सहज भएपछि उनी मुस्कुराए । त्यसपछि उनी श्रीमतीसँग गफिन थाले ।

***

अस्पतालको आकस्मिक कक्षबाहिर सिँढीमा अक्सिजन लिइरहेका अन्य बिरामीलाई पनि डा. बास्तोलाले सम्झाइरहेका थिए ।

अक्सिजन कसरी लिने भन्ने कुरा पनि सिकाइरहेका थिए । त्यसपछि बिरामीको आत्मबल बलियो भएको देखिन्थ्यो । 

६० वर्ष हाराहारीका एक बिरामीलाई त उनले अंगालो हालेर सम्झाए, ‘हेर्नुस्, आत्तिने कुनै कुरा छैन, अस्पतालमा हुनुहुन्छ । अक्सिजन पनि लगाइरहनुभएको छ ।’

ती बिरामीलाई अक्सिजन कसरी लिने भन्नेबारे सिकाए । उनका आफन्तले १० दिनदेखि खाना नै नखाएको कुरा बास्तोलालाई जानकारी गराए ।

‘उहाँले १० दिनदेखि चिन्ताले खाना नै खानुभएको छैन्,’ आफन्तले डाक्टर बास्तोलासँग भने । 

‘खाना खानुस्, इम्युनिटी पावर चाहियो नि !’ डा. बास्तोलाले उनलाई सम्झाउँदै भने, ‘हेर्नुस्, तपाईंको अक्सिजन लेभल ८० थियो, अहिले ९० भइसकेको छ, केहीबेरमा अझै बढ्छ ।’ 

डाक्टरले यति सम्झाएपछि ती बिरामीले खाना खाए ।

‘डाक्टरसा’ब अब खान्छु, स्वाद नभएर नखाएको हो,’ ती बिरामीले भने । यतिबेरसम्म अक्सिजन लेभल *९५ भन्दा माथि पुगिसकेको थियो ।

कोरोना भाइरसको संक्रमण भएका बिरामीलाई अन्य मानिसले हेर्ने दृष्टिकोणका कारणले मानिसहरूको आत्मबलमा कमी हुन गरेको र आत्मबल बढाउँदा अक्सिजन लेभल पनि वृद्धि हुने गरेको टेकु अस्पतालका आकस्मिक कक्ष इञ्चार्ज जनस्वास्थ्य निरीक्षक लीलानाथ भण्डारीले बताए ।

‘अहिले कोरोना लागेका बिरामीलाई समाज र घर परिवारले गर्ने व्यावहारले गर्दा बाँचिदैन भन्ने भावना हुँदा आत्मबल गिरेको छ,’ इञ्चार्ज भण्डारीले लोकान्तरसँग भने, ‘डाक्टरको राम्रो व्यवहार र मायाले उनीहरूमा निकै ऊर्जा मिलेको हामीले पाएका छौं ।’

टेकु अस्पतालका डाक्टरहरूले आफू संक्रमित हुने डरभन्दा पनि बिरामीलाई बचाउने र उनीहरूमा ऊर्जा थप्ने काम गरिरहको भण्डारीले बताए ।

टेकुमा रहेका डाक्टरहरूले गरेको व्यवहारले आफ्नो श्रीमान्मा देखिएको उत्साहलाई वर्णन गर्न पनि नसक्ने वनस्थलीकी सीता पाण्डे खनियाँले बताइन् ।

‘आधा रोग त डाक्टरहरूले गरेको व्यवहारले निको पारेको देखेँ’, खनियाँले लोकान्तरसँग भनिन्, ‘उहाँलाई हिजो ४ वटा अस्पतालमा लगें, छुँदा पनि मरिहालिन्छ झैँ गरे, यहाँ आउँदा त अर्कै संसार हो कि जस्तो लाग्यो ।’

आएका बिरामीलाई फर्काएका छैनौंः टेकु अस्पताल

कोरोना भाइरसका संक्रमण भएर आएका र अक्सिजन चाहिने बिरामीलाई फिर्ता नपठाएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका जनस्वास्थ्य निरीक्षक लीलानाथ भण्डारीले बताए  ।

‘हामीले आएका बिरामीलाई फर्काएका छैनौं,’ भण्डारीले लोकान्तरसँग भने, ‘हामीले कुर्सीदेखि बेञ्च र भुइँमा म्याट्रेस ओच्छ्याएर पनि उपचार गरिरहेका छौं ।’

अस्पतालमा आएका बिरामीलाई भएको ठाउँमा जसरी सकिन्छ, त्यसरी नै व्यवस्थापन गरिरहेको अस्पतालले जनाएको छ ।

‘हामीले अब इमर्जेन्सी अगाडि टेन्ट टाँगेर उपचार गर्ने तयारी गरिरहेका छौं,’  जनस्वास्थ्य निरीक्षक भण्डारीले बताए ।

उनका अनुसार आकस्मिक कक्षमा ५ वटा बेड भएको ठाउँमा ४० जना बिरामीलाई उपचार गरिरहेको बताए ।

फोटो : विश्वास खनाल/लोकान्तर

(अक्सिजन लेभल ९५ हुनुपर्नेमा अन्यथा भएकाले सच्याइएको छ ।)

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

माघ २०, २०८०

नृत्यका पारखीहरूका लागि लुम्बिनी प्रदेशमा लोकप्रिय नाम हो किशोर थापा । रुपन्देहीका किशोरको परिचय खाली नृत्यकार (डान्सर)मा मात्र सीमित छैन । उनी नृत्य निर्देशक, गायक, मोडल र फूटबल खेलाडीको रूपमा समेत उत्तिकै च...

माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

माघ २७, २०८०

भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...

कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x