
हाउसफुल र मस्ती सिरीजमा मानिसलाई हसाउन सफल रितेश देशमुख अब आफ्ना मराठी फिल्म छज्ञपति शिवाजी महाराजका भूमिकामा रहने भएका छन् । अनुमानहरुका अनुसार फिल्म ठूलो बजेटमा बन्ने छ ।
बीबीसीसँगको कुराकानीमा रितेश देशमुख ले फिल्म छत्रपति शिवाजीको बारेमा बताए,‘यो फिल्म यस्तो महान हस्तीमा बन्दै छ जसमा केबल महाराष्ट्रमात्र नभएर सम्पूर्ण भारतीयबीच प्यार छ, यो मेरा लागि एक महत्वाकांक्षी फिल्म हो ।’
छत्रपति शिवाजीमा आधारित यो फिल्मको बजेट २०० करोड भन्दा धेरै हुने जनाइएको छ । रितेशको निर्देशक राम गोपाल बर्माले आफ्ना ट्वीटरमा घोषणा पनि गरेका छन् कि छज्ञपति शिवाजीमाथि बनिरहेको रितेको फिल्मको बजेट २२५ करोड भन्दा धेरै हुने छ ।
अहिले फिल्मको प्री प्रोडक्सनको काम शुरु भएको छ त्यसपछि फिल्मको बजेट तय हुने जनाइएको छ ।
रितेशले फिल्म बाहुबलीको सफलतालाई देखेर छत्रपति शिवाजी फिल्म बनाउने फैसला नगरिएको बताएका छन् । बाहुबली रिलिज हुनु पूर्व नै छत्रपति शिवाजीमाथि फिल्म बनाउने फैसला भइसकेको उनले बताएका छन् ।
मराठी फिल्ममा काम गर्न इच्छा व्यक्त गरेका सलमान खान शिवाजी फिल्ममा अतिथिको भूमिकामा देखिने भएका छन् ।
अहिलो रितेश देशमुख आफ्नो आगामी फिल्म बैंक चोरको प्रमोशनको काममा व्यस्त छन् । फिल्म बैंक चोरको पहिला कमेडियन कपिल शर्मा गर्ने वाला थिए तर काममो व्यस्ताताका कारण उनले फिल्म छोड्न परेको थियो ।