२७ असार २०८३, शनिबार
टर्दै वैकल्पिक सरकारको सम्भावना

राष्ट्रपतिलाई भेटेर ठाकुर र महतोले गराए वैकल्पिक सरकारका लागि तयार नभएको जानकारी

बैशाख २९, २०७८
राष्ट्रपतिलाई भेटेर ठाकुर र महतोले गराए वैकल्पिक सरकारका लागि तयार नभएको जानकारी

जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतोले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर आफूहरू वैकल्पिक सरकारको पक्षमा नरहेको बताएका छन् ।

बुधवार दिउँसो राष्ट्रपति कार्यालय शीतलनिवास पुगेर उनीहरूले राष्ट्रपति भण्डारीलाई कांग्रेसको नेतृत्वमा सरकार गठन गर्ने पार्टीको निर्णय नभएको जानकारी गराएका हुन् । 

‘पार्टीको निर्णयबारे इमेलमार्फत जानकारी गराइएको थियो, आज भेटेरै जानकारी गराएका हौं,’ जसपा स्रोतले लोकान्तरसँग भन्यो । 

राष्ट्रपतिसँग भेट्नुअघि ठाकुर र महतोले प्रधानमन्त्री निवास बालुवाटारमा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग लामो छलफल गरेका थिए । 

राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को उपधारा २ अनुसार सरकार गठनका लागि दलहरूलाई दिएको समय भोलि सकिँदैछ ।

यो अवधिमा सरकार बन्न नसकेमा धारा ७६ को उपधारा ३ अनुसार ठूलो दलको अल्पमतको सरकार बन्ने सम्भावना छ । 

धारा ७६ (३) अनुसारको सरकार बन्दा केपी ओलीलाई समर्थन गर्ने उनीहरूले बताएका छन् । 

राष्ट्रपतिलाई भेटेर नेता महतो जसपा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईलाई भेट्न पार्टी कार्यालय बालकुमारी पुगेका छन् ।

नेता भट्टराईले पूर्वप्रधानमन्त्री बाहेकको नेतृत्वमा सरकार गठन गरेर एक वर्षभित्र चुनावमा जान प्रस्ताव गरेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्