![सरकारले भन्यो– कोरोना संक्रमितलाई रेमडिसिभिर औषधि चाहिएमा यहाँ सम्पर्क गर्नुस् [सूचनासहित]](https://lktcdn2.prixacdn.net/media/tinymce/file_manager/source/2017/Falgun/Health_ministry.jpg)
सरकारले कोरोना संक्रमितका लागि रेमडिसिभिर नामक औषधि चाहिएमा चिकित्सकको प्रेस्क्रिप्सन र परिचयपत्र सहित आएर लिन सकिने जनाएको छ ।
मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले बुधवार एक सूचना जारी गर्दै रेमडिसिभिर चाहिएमा आयन हेल्थकेयर कुपण्डोलबाट लिन सकिने जानकारी गराएका हुन् ।
सूचनामा सम्पर्क व्यक्तिहरूको फोन नम्बर समेत उपलब्ध गराइएको छ ।
रेमडिसिभिर प्रतिभाइल ४ हजार ९ सय रुपैयाँमा खरिद गर्न सकिने सूचनामा उल्लेख छ ।
हेर्नुहोस्, सूचना :
