×

NMB BANK
NIC ASIA

अमेरिकामा पनि दलितमाथि भेदभाव, एकदमै कम ज्यालामा मन्दिर बनाउन लगाइयो

बैशाख २९, २०७८

NTC
Premier Steels

अमेरिकाको न्युजर्सीमा बनाइएको विशाल हिन्दू मन्दिरमा भारतबाट दलित समुदायका मानिसलाई एकदमै कम ज्याला दिएर काममा खटाइएको पाइएको छ । 

Muktinath Bank

उनीहरूलाई हप्ताको ९० घन्टा काममा खटाइएको थियो । एफबीआईले घटनाको अनुसन्धान गरिरहेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मंगलवार संघीय अदालतमा दायर गरिएको मुद्दामा बोचासानवासी अक्षर पुरुषोत्तम स्वामीनारायण संस्था तथा त्यसका शीर्ष अधिकारीविरुद्ध जबर्जस्ती श्रममा लगाउने काम, मानव तस्करी र ज्याला कम दिने काम गरिएको आरोप छ । 


Advertisment
Nabil box
Kumari

‘यो अत्यन्तै आघातपूर्ण अनुभव थियो,’ कामदारहरूका तर्फबाट बहस गर्ने वकिल प्याट्रिसिया काकालेकले बताइन् । ‘मैले आप्रवासी कृषि मजदूर, कम ज्याला पाउने कामदारका लागि वकालत गरेकी छु तर यो जति स्तब्ध बनाउने घटना कुनै छैन ।’
 

Vianet communication

एफबीआईले आफू अदालतको अनुमतिका साथ मन्दिर परिसर प्रवेश गरेको जानकारी दियो तर विस्तृत विवरण उपलब्ध गराएन । 
 

न्युजर्सीमा यूइस डिस्ट्रिक्ट कोर्टमा ६ जना कामदारले मुद्दा दायर गरेका हुन् । निवेदनमा उल्लृेख भएअनुसार, कम्तीमा २०० जना भारतीयहरूले मन्दिर निर्माणमा हाड घोटेका थिए । 

उनीहरूलाई घन्टाको जम्मा १.२० डलर उपलब्ध गराइएको थियो । दलित तथा सीमान्तीकृत समुदायका मानिसलाई विभिन्न प्रलोभन दिएर अमेरिका ल्याइएको बताइएको छ । मन्दिर अझै निर्माणाधीन छ । 

निवेदनमा कामदारलाई बाँकीबक्यौता रकम उपलब्ध गराउन र क्षतिपूर्ति समेत दिन माग गरिएको छ । 

मन्दिर बनाउने संस्थाका प्रमुख कार्यकारी कानु पटेलले कामदारलाई ज्यालामा ठगेको भन्ने दाबी अस्वीकार गरेका छन् ।

संस्थाका प्रवक्ता लेनिन जोशीले पनि आरोपहरूको खण्डन गर्दै सबै तथ्य सार्वजनिक गरेपछि उत्तर दिने बताए । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x