
गण्डकी प्रदेशमा बहुमतको सरकार बन्न नसकेपछि प्रदेश सभाको ठूलो दलको हैसियतमा पुनः मुख्यमन्त्री पदको शपथ लिएका पृथ्वीसुब्बा गुरुङले आगामी ३० दिनभित्र विश्वासको मत लिएरै देखाउने दाबी गरेका छन् ।
शपथ लिएपछि संक्षिप्त प्रतिक्रिया दिँदै उनले प्रदेशमा अस्थिरता चाहनेहरूको खेल जारी रहेको आरोप समेत लगाए ।
विपक्षीलाई संवैधानिक व्यवस्था अनुसार बहुमत पुर्याउन दिएको समयसीमा ३ दिन बुधवार सकिएकोमा प्रदेश प्रमुखले स्वतः आफूलाई दोस्रो पटक नियुक्ति गरेको उनले बताए ।
कोरोना नियन्त्रणका लागि प्रदेशको कोभिड कोषमा ४ करोड रुपैयाँ राख्ने उनले बताए ।
उनले १–२ दिनपछि मात्र मन्त्रिमण्डल विस्तार गर्ने बताए ।