०३ साउन २०८३, आइतबार

बिध ल्याबले गर्यो टेकु अस्पताललाई एक्सट्रयाक्सन किट सहयोग, भोलिदेखि कोरोना परीक्षण सुरु हुने

बैशाख २९, २०७८
बिध ल्याबले गर्यो टेकु अस्पताललाई एक्सट्रयाक्सन किट सहयोग, भोलिदेखि कोरोना परीक्षण सुरु हुने

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतााललाई सरकारबाट ‘ए’ ग्रेडको मान्यताप्राप्त बिध ल्याबले दुई हजार थान एक्सट्रयाक्सन किट सहयोग गरेको छ । कोभिड–१९ (कोरोना भाइरस) को महामारीमा किटको अभाव देखिएको थियो । किट अभावमा हिजोदेखि पीसीआर परीक्षण स्थगित भएपछि ल्याबले सहयोग उपलब्ध गराएको हो ।

ल्याबकी इन्चार्ज डा. बिनिता थापाका अनुसार महामारीको बेलामा सरकारसँग मिलेर अघि बढ्न किट सहयोग गरिएको हो । टेकु अस्पतालका निर्देशक डा. सागरराज भण्डारीका अनुसार भोलिदेखि नियमित पीसीआर परीक्षण हुनेछ ।

कोभिडको दोस्रो लहर सुरु भएपछि बढ्दै गएको संक्रमण नियन्त्रणका लागि परीक्षण आवश्यक भएको भन्दै ल्याबकी इन्चार्ज थापाले आफूहरु सरकारसँग हातेमालो गरेर अघि बढ्ने बताइन् ।
 

salt training

कमेन्ट गर्नुहोस्