०३ साउन २०८३, आइतबार

दोस्रो चरणको चुनावमा पनि साझा पार्टीले मुख्य शहरमा उम्मेदवारी दिने

कात्तिक २०, २०७४
दोस्रो चरणको चुनावमा पनि साझा पार्टीले मुख्य शहरमा उम्मेदवारी दिने
काठमाडौं, १७ जेठ — रवीन्द्र मिश्र  संयोजक रहेको साझा पार्टीले स्थानीय निर्वाचनको दोस्रो चरणमा पनि देशका मुख्य ठाउँमा आफ्ना उम्मेदवार उठाउने तयारी गरेको छ । साझाले स्वतन्त्र रुपमा उम्मेदवारहरू उठाउन लागेको हो । साझाले आफ्नो मुल्य, मान्यता र आदर्शसँग सहमत व्यक्तिलाई उम्मेदवार बनाउँदै छ ।

सकेसम्म समाजमा राम्रो छवि भएको व्यक्तिलाई उम्मेदवारको रुपमा अघि बढाउने तयारी साझाले गरेको छ । तर अहिले सम्म कुन ठाउँमा कसलाई उम्मेदवार बनाउने भन्ने निर्णय भइसकेको छैन ।

साझा पार्टीका प्रवक्ता सूर्यराज आचार्यले दोस्रो चरणका विषयमा छलफल भइरहेको तर उम्मेदवारको टुंगो अझै नलागेको बताए । ‘संगठन बनाउने र उम्मेदवार छान्ने क्रममा बुधवार इटहरीमा आइपुगेका छौं,’ प्रवक्ता आचार्यले भने, ‘हाम्रा मूल्य मान्यतासँग मेल खाने व्यक्तित्वहरु हाम्रो पार्टीबाट उम्मेदवार बन्नेछन् ।’

साझा पार्टी अहिलेसम्म पार्टीको रुपमा दर्ता नभइसकेकोले साझाका उम्मेदवार स्वतन्त्र रुपमा चुनावमा उठ्ने उनले बताए ।

‘चारपाँच वटा मुख्य ठाउँबाट प्रस्तावहरु आइसकेका छन्, तर त्यसमा हामीले अझै निर्णय गरिसकेका छैनौं,’ उनले भने, ‘गाउँ तहबाट पनि कोही साझाको उम्मेदवारको रुपमा उठ्न चाहान्छ भने हामीले आह्वान समेत गरिरहेका छौं ।’

साझाले चुनावकै मौकामा संगठन निर्माणलाई पनि अघि बढाउने बताए । ‘संगठन समेत बनेको अवस्था छैन, त्यसैले संगठन निर्माणलाई पनि सँगसँगै अघि बढाउने निर्णय गरेका छौं,’ उनले भने, ‘साझाका उम्मेदवारको अनुहारमै साझाको अनुहार देखिने भएकोले हामी यसमा पनि शतर्क छौं ।’

उनले कस्तो व्यक्तिलाई साझाको उम्मेदवारको रुपमा अघि बढाउने भनेर आफूहरु छलफलमै रहेको उनले बताए । बडा होसियारीका साथ राम्रो छवि भएका उम्मेदवारलाईनै आफूहरुले सहयोग गर्ने उनले बताए ।

साझा पार्टीले आफ्ना कुनैपनि उम्मेदवारलाई आर्थिक सहयोग गर्ने छैन । पहिलो चरणको निर्वाचनमा काठमाडौं र ललितपुरका उम्मेदवारले पनि आफै खर्च गरेको आचार्यले बताए ।

‘काठमाडौं र लललितपुरमा गरिएको खर्च विवरण हामीले केही दिनमै सार्वजनिक गर्दै छौं,’ उनले भने, ‘खर्च उम्मेदवारहरुले गर्नुभएको हो, अहिले पनि उम्मेदवार स्वयमलेनै गर्नुहुने छ ।’

आचार्यले उम्मेदवार उठाउँमा व्यक्तिलाई भन्दा पनि सो ठाउँलाई चाहिएको पदलाई न्याय गर्ने बताए । साझाका आदर्श र लक्ष्य बोकेका व्यक्तिसँग उम्मेदवारको लागि छलफल गर्न आफूहरु तयार रहेको उनले बताए ।

साझाले सहयोग गर्ने उम्मेदवारलाई प्रेस विज्ञप्ति मार्फतनै सार्वजनिक गरिने उनले बताए । साझाको केन्द्रीय संयोजन समितिले आफ्ना उम्मेदवारलाई प्रचारको लागि प्राविधिक सहयोग गर्ने जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्