खाडीमा काम गर्ने नेपालीले किने नेपाल पठाउन अक्सिजन सिलिन्डर

सन्दर्भ तस्बिर

खाडी  मुलुकमा  रहेका  नेपालीको समन्वयमा  छ  सय  अक्सिजन  सिलिन्डर  खरिद  गरेर  नेपाल  पठाउने तयार गरिएको छ। नेपालमा नयाँ भेरिएन्टसहितको कोरोनाका कारण सङ्क्रमण हुने दर निकै बढेपछि खाडीमा रहेका नेपालीको समन्वयमा त्यो  सङ्ख्याका  अक्सिजन  सिलिन्डर  खरिद  गरेर  नेपाल  पठाउन थालिएको हो। 

ओमानस्थित  नेपाली  दूतावासले  खरिद  गरिएका  अक्सिजन सिलिन्डर नेपाल पठाउनका लागि परराष्ट्र मन्त्रालयमार्फत सहजीकरण गरिररहेको जनाएको छ। साथै  खरिद  गरिएका  सिलिन्डर  नेपाल  पठाउने  विषयमा दूतावासले  नेपाल  एयरलाइन्ससँग  कुराकानी  भइरहेको  ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालले जानकारी दिइन् । 


Advertisement

राजदूत ढकालका अनुसार अक्सिजन सिलिन्डर खरिद गरिसकेकाले जतिसक्दो  छिटो  नेपाल  पठाउन  दूतावासले  परराष्ट्र  मन्त्रालयमार्फत नेपाल एयरलाइन्समार्फत पेपर वर्क गरिरहेको छ। खाडी  मुलुकमा  कार्यरत  नेपालीको  संस्था  गैरआवासीय  नेपाली सङ्घ  (एनआरएन)ले  स्वतःस्फूर्त  आर्थिक  सहयोग  गरेर  सिलिन्डर खरिद  गरिसकेको  र  आइतबारसम्म  नेपाल  पठाउने  तयारी  गरिएको खबर गोरखापत्रमा छापिएको छ । 
 

छापाबाट
छापाबाट

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्