३१ जेठ २०८३, आइतबार

यी देशले लगाए नेपालीलाई प्रवेशमा रोक

बैशाख ३०, २०७८
यी देशले लगाए नेपालीलाई प्रवेशमा रोक

नेपालको प्रमुख श्रम गन्तव्य  मुलुक  मलेसिया,  संयुक्त  अरब  इमिरेट्स (यूएई),  कुवेत,  जापानलगायतका  देशले  तत्काल नेपालसहित  चार  देशका  नागरिक  प्रवेशमा  रोक लगाएका छन्। नेपालमा   नयाँ   भेरिएन्टसहितको   कोरोना सङ्क्रमण   उच्च   जोखिममा   रहेको   भन्दै नेपालसहित     बङ्गलादेश,     पाकिस्तान     र श्रीलङ्काका   नागरिकलाई   ती   देशमा   प्रवेश गर्न  रोक  लगाएका  हुन्। 

 कोरोना  सङ्क्रमण रोकथामका  लागि  प्रवेशमा  रोक  लगाउने  निर्णय भएको त्यहाँस्थित नेपाली राजदूतावासले जानकारी गराएका छन्। मलेसियास्थित नेपाली दूतावासका अनुसार  मलेसिया  सरकारको  पछिल्लो  निर्णयले कूटनीतिक  र  सरकारी  राहदानी  भएकाबाहेक अन्य  कुनै  पनि  भिसामा  यी  देशका  नागरिक मलेसिया  प्रवेश  गर्न  पाउने  छैनन्।  

निश्चित समयका  लागि  रोक  लगाइएको  भए  पनि  समय नतोकिएकाले  कति  लामो  हुने  हो  भन्न  नसकिने पनि दूतावासले जनाएको छ। गोरखापत्रमा खबर छ  ।  
 

salt training

कमेन्ट गर्नुहोस्