×

NMB BANK
NIC ASIA

संक्रमण फैलिने दरमा नेपाल विश्वमै दोस्रो

बैशाख ३०, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

भारतको तुलनामा नेपालमा कोभिड–१९ को लहर बढी खतरनाक देखिएको छ । यहाँ भारतभन्दा बढी अनुपातमा कोभिड पोजिटिभ देखिएसँगै दैनिक मृत्युको संख्यासमेत तुलनात्मक रूपमा धेरै छ ।

Muktinath Bank

एक साताअघि नेपालमा संक्रमण दर विश्वमै धेरै थियो । अहिले भने संक्रमण फैलिने दरमा भियतनामपछि नेपाल दोस्रो स्थानमा छ । हाल भियतनाममा संक्रमण फैलिने दर २.४ छ भने नेपालमा १.६ छ । अर्थात्, नेपालमा १० जना संक्रमितले १६ जनालाई रोग सार्छन् भने भियतनाममा १० संक्रमितले २४ जनालाई रोग सारिरहेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कोभिड सार्ने दरको हिसाबले भारत विश्वमा ३६ औं स्थानमा रहेको काठमाडौं विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्सका महामारीविद् डा. अर्चना श्रेष्ठले बताइन् । नेपालमा कोभिड पोजिटिभिटी दर ४५ प्रतिशत देखिनु ‘डिजास्टर’ अवस्था रहेको उनको भनाइ छ ।


Advertisment
Nabil box
Kumari

भारतको दाँजोमा तुलनात्मक रूपमा नेपालमा दैनिक संक्रमितको संख्यासमेत उल्लेख्य रूपमा बढी छ । यो साता ५१ प्रतिशतले संक्रमितको संख्यामा वृद्धि देखिएको छ, जुन विश्वमै संक्रमण दरको हिसाबले दोस्रो हो । ‘जनसंख्याको हिसाबले भारतसँग तुलना गर्दा हामीकहाँ बढी जटिल अवस्था देखिएको छ,’ डा. श्रेष्ठले भनिन्, ‘दैनिक नयाँ कोभिड संक्रमितको संख्या प्रति १० लाख जनसंख्यामा भारतमा २४० छ भने नेपालमा ३०४ ।’

Vianet communication
Laxmi Bank

यस्तै, दैनिक कोभिडले हुने मृत्युको संख्या प्रति १० लाख जनसंख्यामा नेपालमा ३.३ छ भने भारतमा २.५ छ । कोभिड परीक्षण पोजिटिभ देखिने दरसमेत भारतको दाँजोमा नेपालमा दोब्बर देखिन्छ । हाल प्रति १० लाख जनसंख्यामा नेपालमा पोजिटिभ देखिने दर ४५.१ प्रतिशत छ भने भारतमा मात्र २२.६ प्रतिशत छ । जनसंख्याको आधारमा गत वर्षसमेत नेपालमा पोजिटिभ दर भारतभन्दा बढी थियो । ‘सञ्चारमाध्यममा भारतको तथ्यांक हेर्दा अत्यन्त अत्यासलाग्दो देखिन्छ, त्यहाँभन्दा हामीकहाँ कोभिड बढी क्षति पुर्‍याउने गरी फैलिरहेको छ,’ डा. श्रेष्ठले भनिन्, ‘पोजिटिभ दर पनि भारतभन्दा हामीकहाँ दोब्बर छ ।’

प्रति १० लाख जनसंख्यामा कोभिडले गर्दा हुने मृत्युदरमा नेपाल विश्वमै १६ औं स्थानमा छ भने भारत ३८ औं स्थानमा छ । पहिलो स्थानमा बोस्निया हर्जगोविना छ । दैनिक संक्रमण दरमा नेपाल विश्वमा १५ औं स्थानमा देखिएको छ भने भारत २१ औं स्थानमा छ । कोभिड परीक्षणमा त नेपालको अवस्था अत्यन्त दयनीय छ । विश्वमा कोभिड परीक्षणअन्तर्गत नेपाल ७९ र भारत ६३ औं स्थानमा छ । नेपालमा प्रतिहजार जनसंख्यामा ०.६४ परीक्षण भएको छ भने भारतमा प्रतिहजार जनसंख्यामा १.२७ परीक्षण भएको छ । कान्तिपुर दैनिकमा अतुल मिश्रले खबर लेखेका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x