काठमाडौं, १७ जेठ– उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमसँग चुनावी तालमेल गरेको डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपाल पार्टीले दोस्रो चरणको स्थानीय तह निर्वाचनका लागि विभिन्न जिल्लामा उम्मेदवार तोकेको छ ।
नयाँ शक्ति नेपालले ७ नम्बर प्रदेशको अछाम, बजुरा र कञ्चनपुर तथा ५ नम्बर प्रदेशको अर्घाखाँची जिल्लाका विभिन्न स्थानीय तहमा उम्मेदवारको टुंगो लगाएको छ ।
नयाँ शक्तिले ४ नगरपालिका र ६ गाउँपालिका रहेको अछाम जिल्लामा नगरपालिकाको मेयर र दुई गाउँपालिका प्रमुखको लागि उम्मेदवार तय गरिसकेको छ । उम्मेदवार तय गरिएका नगरपाललिकाहरुमा पञ्चदेवल विनायक नगरपालिकाको मेयरमा तिर्थ ढकाल, कमलबजार नगरपालिकाको मेयरमा धनबहादुर थापा, साँफेबगर नगरपालिकाको मेयरमा रविन्द्र शाह र मंगलसेन नगरपालिकाको मेयरमा दीपक रावललाई चयन गरेको नयाँ शक्ति अछामले जनाएको छ । यस्तै रामारोशन गाउँपालिकाको अध्यक्षमा टीकाराम खनाल र तुर्माखाँद गाउँपालिकाको अध्यक्षमा दीपेन्द्र चलाउनेलाई चयन गरिएको जनाएको छ ।
नयाँ शक्तिले बाजुरा जिल्लाका लागि पनि उम्मेदवारको टुंगो लगाएको छ । जिल्लाको
बडीमालिका नगरपालिकाको मेयरमा टेक बहादुर बडुवाल र उपमेयरमा सरस्वती थापालाई अघि सारेको छ । त्रिवेणी नगरपालिकाको मेयरमा चक्र थापा तथा उपमेयरमा मीना खड्का र बुढीनन्दा नगरपालिकाको मेयरमा जय प्रसाद जोशी तथा उपमेयरमा मिनु बि.क. टिकट दिएको छ । त्यसैगरी बुढिगंगा नगरपालिकामा भने टुङ्गो लगाउन बाँकी रहेको छ ।
यस्तै हिमाली गाउँपालिकाको अध्यक्षमा गैलधन रोकाया र उपाध्यक्षमा रिता रोकाया, स्वामिकार्तिक गाउँपालिकाको अध्यक्षमा अनिता शाही तथा उपाध्यक्षमा लोकेन्द्र बहादुर शाहीलाई उठाउने भएको छ । त्यसैगरी पाण्डव गुफा गाउँपालिकाको अध्यक्षमा नरेन्द्र बि.क तथा उपाध्यक्षमा भिर्खु सार्की, छेडेदह गाउँपालिकाको अध्यक्षमा टेक सार्की तथा उपाध्यक्षमा उमा बि.कलाई छनौट गरेको छ । साथै गौमुल गाउँपालिकाको अध्यक्षमा नवराज जोशी तथा उपाध्यक्षमा जुनकला रोकायालाइृ छनौट गरेको छ ।
नयाँ शक्तिले कञ्चनपुरमा संघीय फोरमसँगको तालमेलअनुसार उम्मेदवार तय गरेको छ ।
७ नगरपालिका र २ गाउँपालिका रहेको कञ्चनपुरमा नयाँ शक्ति र संघीय फोरमबीच तालमेलका आधारमा उम्मेदवार उठाइएको छ ।
पुनर्वास नगरपालिकामा मेयर सत्यदेवी चापागाईं (नयाँ शक्ति) तथा उप मेयर जगत सायर (नयाँ शक्ति), बेलौरी नगरपालिकामा मेयर अमर बिष्ट (नयाँ शक्ति) तथा उपमेयर गीता चौधरी (नयाँ शक्ति), बेदकोट नगरपालिकामा मेयर जनक सिं साउद (नयाँ शक्ति) तथा उपमेयर मनु चौधरी (संसफो) को नाम घोषणा गरिएको हो । त्यसै गरी शुक्लाफाँटा नगरपालिकामा मेयर द्वारिका कुँवर (नयाँ शक्ति ) तथा उप मेयर बिस्ने बोहरा (नयाँ शक्ति), भिमदत्त नगरपालिकामा मेयर(माया नेगि (नयाँ शक्ति) तथा उपमेयर गोमती पुजारा (ससफो) रहेका छन् ।
यस्तै नयाँ शक्तिका यम बहादुर थापा महाकाली नगरपालिकाको मेयर र फोरमकी सरिता सुनारलाई उपमेयरको उमेदवार र कृष्णपुर नगरपालिकाको मेयमा नयाँ शक्तिका सुन्दर दत्त भट्ट र जमुना रानालाई छनौट गरिएको छ । यस्तै बेलडाँडी गाउँपालिकाको अध्यक्षमा नयाँ शक्तिका शेर सिं पुजारा र उपाध्यक्षमा फोरमकी आरती देवी थापालाई छनौट गरिएको छ ।
नयाँ शक्तिले ५ नम्बर प्रदेशको अर्घाखाँचीमा पनि उम्मेदवारको टुंगो लगाएको छ । जिल्लाको सन्धिखर्क, भुमिकास्थान र शितगंगा तिन नगरपालिका सहित मालारानी, पाणिनी र छत्रदेव तिन गाउँपालिका गरि कुल ६ स्थानिय तहमा आफ्नो उम्मेदवारहरुको नाम सार्वजनिक गरिएको नयाँ शक्तिका जिल्ला संयोजक गोकर्ण थापाले जानकारी दिए ।
सन्धिखर्क नगरपालिकाको मेयरमा यमुना भुषाल तथा उपमेयरमा टोकबहादुर बलाल, शितगंगा नगरपालिकाको मेयरमा योगेश्वर गिरी तथा उपमेयरमा पेमी गुरुङ र भुमिस्थान नरपालिकाको मेयरमा प्रेम बञ्जाडेको नाम सार्वजनिक गरिएको हो ।
त्यस्तै मालारानी गाउँपालिकाको अध्यक्षमा जिन्दक खड्का र उपाध्यक्षमा उषा पुरी थापाको उम्मेदवारी रहने भएको छ । यता पाणिनी गाउँपालिको अध्यक्षमा माधव पोखरेल तथा उपाध्यक्षमा लिलावति पाण्डे घिमिरे र छत्रदेव गाउँपालिकाको अध्यक्षमा उज्वल शाहको उमेदवारी रहने संयोजक थापाले बताए ।