×

NMB BANK
NIC ASIA

कोरोना भएको कति समयसम्म शरीरमा रहन्छ एन्टीबडी ?

बैशाख ३०, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

इटलीका अनुसन्धाताहरूले कोभिड १९ को संक्रमण भएको आठ महिनासम्म रोगीको रगतमा कोरोनाविरुद्ध एन्टीबडी रहने बताएका छन् । 

Muktinath Bank

मिलानको सान राफेल अस्पतालका अनुसन्धाताहरूले रोगको गम्भीरता, रोगीको उमेर वा कुनै अन्य रोग भए पनि यी एन्टीबडीहरू रगतमा बस्ने बताएका छन् । शरीरमा कोरोनाका एन्टीबडीहरू रहुन्जेल भाइरसको जोखिम नरहने विज्ञहरू बताउँछन् । 
 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अनुसन्धाताहरूले इटलीको आईएसएस नेसनल हेल्थ इन्स्टिच्युटसँग मिलेर काम गरिरहेका हुन् । यस अध्ययनका लागि उनीहरूले कोरोनाभाइरसको लक्षण भएका १६२ जना रोगीलाई सहभागी गराएका थिए । 


Advertisment
Nabil box
Kumari

उनीहरूको रगतको नमूना पोहोर सालको मार्च र अप्रिल महिनामा लिइएको थियो । अनि नोभेम्बर महिनामा फेरि उनीहरूको रगत जाँचिएको थियो । 
 

Vianet communication
Laxmi Bank

आईएसएससँगको साझा बयानमा अनुसन्धाताहरूले बताएअनुसार, कोरोना पोजिटिभ पाइएको आठ महिनासम्म रोगीहरूको शरीरमा रोगसँग लड्ने एन्टीबडी पाइयो । जम्मा तीन रोगीमा लामो समय एन्टीबडी देखिएन । 

यो अध्ययन नेचर कम्युनिकेसन्स साइन्टिफिक जर्नलमा प्रकाशित भएको छ । अध्ययनमा अनुसन्धाताहरूले कोरोना भाइरसबाट निको हुन एन्टीबडी विकसित हुनुको महत्त्वमा निकै जोड दिएका छन् । 
 

अनुसन्धाताहरूले अर्को एउटा कुरा पनि पाए । कोरोनाको रोगीमा संक्रमणपछि १५ दिनभित्र एन्टीबडी बनेन भने उनीहरूमा कोभिड–१९ को घातक रूप विकसित हुने जोखिम बढी देखिएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x