२२ जेठ २०८३, शुक्रबार

यी महिलाले गरिन् मृत्युको रिहर्सल, कफिनमा सुतेर आफन्तलाई भेला पारी रुन लगाइन्

बैशाख ३०, २०७८
यी महिलाले गरिन् मृत्युको रिहर्सल, कफिनमा सुतेर आफन्तलाई भेला पारी रुन लगाइन्

चिलीमा एक महिलाले कोरोनाकाल आफ्नो नक्कली मृत्युको झूटो अन्त्येष्टि गराएकी छन् । 

यस अवसरमा उनले आफ्ना इष्टमित्रलाई भेला पारेर रुन समेत लगाइन् । 

नक्कली अन्त्येष्टिका लागि उनले एक लाख रुपैयाँभन्दा बढी खर्च गरिन् । 
 

राजधानी स्यान्टियागोमा बस्ने ५९ वर्षीया मायराले विगत केही महिनायता कोरोनाका कारण धेरैजना मरेको देखेर आफ्नो अन्त्येष्टिका बारेमा सोच्न थालेकी थिइन् । अनि उनमा अन्त्येष्टिको रिहर्सल गर्ने सोच आयो । त्यसपछि साथीभाइ आफन्त बोलाएर उनले यो विचित्रको काम गरिन् । 

एउटा सेतो कफिनमा उनी केही घन्टासम्म पल्टिरहिन् । उनले कफिन एक दिनका लागि भाडामा लिएकी थिइन् । आफन्त र साथीहरूले उनका लागि नक्कली आँसु समेत बगाए । कतिपयले यस घटनाको तस्वीर खिचिबसे । 
 

मायराले सेतो लुगा लगाएर फूलहरूको क्राउन पनि लगाएकी थिइन् । उनले नाकमा रुई समेत कोचेकी थिइन् । 

यसरी पब्लिसिटी स्टन्ट गरेर मृतकहरूलाई मजाक उडाएको भन्दै मानिसहरूले उनको आलोचना समेत गरेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्