२४ जेठ २०८३, आइतबार

कारवाही फुकुवापछि योगेश भट्टराईको प्रतिक्रिया : गल्ती सच्याउनु राम्रो हो

बैशाख ३०, २०७८
कारवाही फुकुवापछि योगेश भट्टराईको प्रतिक्रिया : गल्ती सच्याउनु राम्रो हो

नेकपा एमालेका नेता माधवकुमार नेपालसहित ४ जनालाई कारवाही फुकुवा भएपछि नेता योगेश भट्टराईले गल्ती सच्याउनु राम्रो भएको प्रतिक्रिया दिएका छन् ।

सामाजिक सञ्जाल ट्विटरमा प्रतिक्रिया जनाउँदै भट्टराईले कारवाही गर्नु गल्ती भएको जनाउँदै सच्याउनु राम्रो भएको जनाए ।

बालुवाटारमा बिहीवार बसेको स्थायी कमिटी बैठकले नेता नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसालको निलम्बन फुकुवा गर्ने निर्णय गरेको छ ।

निर्णय सार्वजनिक भएपछि नेता भट्टराईले लेखेका छन्, ‘हिजो गल्ती भएको थियो, त्यसलाई सच्याउनु राम्रो हो । अब कुरा गरेर सहमति  बनाउन लाग्नुपर्छ ।’

salt training

कमेन्ट गर्नुहोस्