२३ जेठ २०८३, शनिबार

भारतमा कोरोनाका कारण स्वास्थ्य प्रणाली धर्मराएपछि धर्मको शरणमा जनता

बैशाख ३०, २०७८
भारतमा कोरोनाका कारण स्वास्थ्य प्रणाली धर्मराएपछि धर्मको शरणमा जनता

भारतमा कोरोनाभाइरसका कारण स्वास्थ्य प्रणाली ध्वस्त भएपछि मानिसहरू धर्मको शरण पर्न थालेका छन् । 

कोही गाईको गोबर र गहुँत शरीरमा दलेर कोरोना भगाउन खोज्दैछन् भने कोही पूजापाठ र यज्ञहवन गराउँदैछन् । 

उत्तर प्रदेशको सहारनपुरमा बजरंग दलले कोरोना रोक्नका लागि भन्दै बाल्टिनमा हवन गरेको छ र हनुमान चालीसा पढ्दै बाल्टिनको धूवाँले गल्लीहरू पवित्र पारेको भन्दै हिँडेको छ । 

बजरंग दलका प्रान्त संयोजक विकास त्यागीले हवन सामग्रीको धूवाँले नै गल्लीहरूमा कोरोना संक्रमण अन्त्य गर्ने बताएका छन् । 
 

हरियाणाको झज्जरमा पनि कोरोना भगाउनका लागि यस्तै तरिका अपनाइएको छ । धुनी बालेर शहरभरि यात्रा गरिएको छ । कोरोनाबाट मुक्तिका लागि घरघरमा यज्ञ गर्ने भनिएको छ । 

गाउँमा पनि ट्रलीमा हवनकुण्ड राखेर यात्रा निकालिएको छ । 

मध्य प्रदेशकी पर्यटन तथा संस्कृति मन्त्री उषा ठाकुर यज्ञ हवनको उपचार आवश्यक भएको बताउँछिन् । 
 

कानपुरको एक अस्पतालमा दुई महिलाले कोरोना रोगीको अक्सिजन मास्क फुकालेर हनुमान चालीसा पाठ गरेको पनि देखियो । रोगीको ज्यान केही समयपछि गएको थियो ।

यसअघि उत्तर प्रदेशको महाराजगञ्जमा महिलाहरूले कोरोना भगाउने भन्दै नौ दिनसम्म पूजा गरेका थिए । 

धार्मिक आस्थाले मानसिक शान्ति त देला तर कोरोनाको उपचार त एलोप्याथिक चिकित्सक र औषधिबाट मात्र सम्भव छ ।
 

salt training

कमेन्ट गर्नुहोस्