२६ जेठ २०८३, मंगलबार

एमालेले भन्यो– अन्यथा भरतपुरमा आफैं विजय घोषणा गर्छौं

कात्तिक २०, २०७४
एमालेले भन्यो– अन्यथा भरतपुरमा आफैं विजय घोषणा गर्छौं

काठमाडौं १७ जेठ – नेकपा एमालेले चितवनको भरतपुरमा रोकिएको मतगणना तत्काल सुचारु नगरिए आफै विजयी भएको घोषणा गर्ने चेतावनी दिएको छ ।

व्यबस्थापिका संसदको बुधवार बसेको बैठकमा सभामुखसँग समय लिएर एमाले नेता सुरेन्द्र पाण्डेले मतगणना शुरु नगरिए आफै विजय घोषणा गर्ने चेतावनी दिए ।

‘चितवनमा भएको घटना पराजयको मानशिकतावाट गरेको कुकृत्य हो, जनताको सार्वभौम अधिकार माथिको बलात्कार हो, तुरुन्त मतगणना शुरु गर्नु पर्छ’ नेता पाण्डेले भने, ‘यदी अन्यथा निर्णय भयो भने स्वभाविक छ, एमालेले आफै विजय भयो भनेर घोषणा गरेर हिड्न बाध्य हुन्छ । यो चेतावनी दिन चाहान्छु ।’

सांसद् पाण्डेले भरतपुरमा मतदान केन्द्र कव्जा नभएको तथा च्यातिएका मतपत्र जोडेर हेर्नसक्ने अवस्था रहेकोले तत्काल मतगणना शुरु गर्न माग गरे । उनले चितवनमा मतगणना शुरु नगरेसम्म संसद्को बैठक अवरुद्ध गर्ने चेतावनी दिए ।

एमालेको अबरोधपछि सभामुख ओनसरी घर्तीले संसद्को बैठक बिहीवार दिउँसो सम्मका लागि स्थगित गरेकी छिन् ।

salt training

कमेन्ट गर्नुहोस्