२३ जेठ २०८३, शनिबार

चपलीहाइटस्थित क्याप्टेन रामेश्वर थापाको घरमा ओली-माधव नेपाल भेट

बैशाख ३०, २०७८
चपलीहाइटस्थित क्याप्टेन रामेश्वर थापाको घरमा ओली-माधव नेपाल भेट
तस्वीर : सूर्य थापाको फेसबूक वालबाट

प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच भेटवार्ता शुरू भएको छ ।

​चपलीहाइटस्थित क्याप्टेन रामेश्वर थापाको घरमा ओली र नेपालबीच भेटवार्ता शुरू भएको उच्च स्रोतले लोकान्तरलाई जानकारी दियो ।

यसअघि आजै बसेको एमाले स्थायी कमिटी बैठकले नेता नेपालसहित ४ नेतालाई गरिएको निलम्बन फुकुवा गरेको थियो ।

नयाँ सरकार गठनका लागि रस्साकस्सी चलिरहेको र एमाले विवाद उत्कर्षमा पुगेका बेला भएको भेटलाई निकै महत्त्वका साथ हेरिएको छ ।

पार्टी र सरकारबारे निर्णय लिने जिम्मा एमाले स्थायी कमिटीले ओलीलाई दिएको छ ।

आजको वार्तामा कुनै न कुनै सहमति हुनसक्ने सम्भावना रहेको स्रोतको दाबी छ ।

salt training

कमेन्ट गर्नुहोस्