२३ जेठ २०८३, शनिबार

कांग्रेस नेता पौडेलद्वारा कोरोना उपचारमा अन्तरराष्ट्रिय सहयोगको अपिल

बैशाख ३०, २०७८
कांग्रेस नेता पौडेलद्वारा कोरोना उपचारमा अन्तरराष्ट्रिय सहयोगको अपिल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कोरोना संक्रमणबाट नेपाललाई जोगाउन मित्र राष्ट्र, विदेशस्थित नेपाली र नेपालमा रहेका विदेशी नियोग, दातृ निकाय, गैरआवासीय नेपाली संघ लगायतसँग आग्रह गरेका छन् ।

बिहीवार सामाजिक सञ्जालमार्फत नेपालमा अहिले देखिएको कोरोनाको संकट देशले आफ्नै बलबुताले पार पाउने अवस्था नदेखिएको जनाउँदै जीवन रक्षाका लागि मानवीयताका आधारमा नेपालीलाई सहयोग गर्न उनले आग्रह गरेका हुन् ।

नेता पौडेलले अक्सिजन र अस्पतालका अभावमा उपचार नै नपाएर दिनहुँ ज्यान गुमाउनेको संख्या सयौं पुग्न लागेकामा चिन्ता पनि व्यक्त गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्