३१ असार २०८३, बुधबार

‘हाम्रो डक्टर एप्स’मार्फत कोरोना परामर्श सेवा

बैशाख ३०, २०७८
‘हाम्रो डक्टर एप्स’मार्फत कोरोना परामर्श सेवा

हाम्रो डक्टर अनलाइनले ‘हाम्रो डक्टर मोबाइल एप्स’मार्फत निःशुल्क कोभिड परामर्श सेवा शुरू गरेको छ ।

मोबाइल एप्समार्फत चिकित्सकसँग सःशुल्क परामर्श सेवा सञ्चालन गरिरहेको अनलाइनले कोभिड अवधिभर प्रयोगकर्तालाई राहत दिने उद्देश्यले बुधवारदेखि निःशुल्क परामर्श सेवा शुरू गरेको हो ।
 
एप्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) उद्धवराज भेटुवालले गुगल र एप्पल स्टोरमा उपलब्ध मोबाइल एप्लिकेसनको परामर्श सेक्सनमा गएपछि आउने कोरोना कन्सल्टेसनमा प्रयोगकर्ताले विना शुल्क चिकित्सकसँग परामर्श गर्नसक्ने बताए ।

‘एकपटक शुरू गरेपछि १ हप्तासम्म प्रयोगकर्ताले चिकित्सकसँग परामर्श लिन, आफ्ना रिपोर्ट पठाउन र निगरानीमा रहन सक्नेछन्,’ उनले भने ।

हाम्रो डक्टरले इन्टरनेटको सुविधा नपुगेका ठाउँ र मानिसलाई लक्ष्य गरेर डाइरेक्ट हटलाइन सेवा पनि शुरू गरेको छ । चिकित्सकसँग कोरोनासम्बन्धी जानकारी र परामर्श लिनका लागि ९८०२३१५२२६, ९८०२३१५२२७ र ९८०२३१५२२८ नम्बरका ३ वटा हटलाइन नम्बर सार्वजनिक गरेको छ ।

उक्त नम्बरमा फोन गरेर डक्टरसँग परामर्श लिन सकिने सीईओ भेटुवालले बताए । सन् २०१६ देखि सञ्चालनमा आएको हाम्रो डक्टर एप्सबाट चिकित्सक, अस्पताल, एम्बुलेन्सलगायत सेवाग्राहीका बारेमा जानकारी लिनुका साथै विशेषज्ञ चिकित्सकसँग अनलाइन परामर्श, अस्पतालको टिकट खरिद, हेल्थ प्याकेज खरिदलगायत सेवा लिन सकिन्छ । 

salt training

कमेन्ट गर्नुहोस्