
२ नम्बर प्रदेशमा भोलि शुक्रवार सार्वजनिक बिदा हुने भएको छ ।
मुस्लिम धर्मावलम्बीको महान् पर्व इद उलफित्रको अवसरमा प्रदेश सरकारले वैशाख ३१ गते शुक्रवार सार्वजनिक बिदा दिएको हो ।
कोरोना महामारीको दोस्रो लहर तीव्र गतिमा फैलिरहेकाले यस वर्ष घरमै सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड पालन गरी पर्व मनाउन समेत अपिल गरिएको छ ।