०६ असार २०८३, शनिबार

आइफोनमा टेलिकमको फोरजी नचल्ने

कात्तिक २०, २०७४
आइफोनमा टेलिकमको फोरजी नचल्ने
काठमाडौँ, १३ पुस- चर्चित स्मार्टफोन ‘आइफोन’ बोक्ने ग्राहकले सुरु हुने बित्तिकै नेपाल टेलिकमको फोरजी (चौथो पुस्ताको मोबाइल) सेवा चलाउन नपाउने भएका छन्, कान्तिपुरमा खबर छ ।

नेपाल टेलिकमले समयमै आइफोमा फोरजी चल्ने (कम्प्याटिबल) बनाउन पहल नगरेकाले उपभोक्ताले सुरुमै यो सेवा हुने भएका हुन् । आगामी आइतबार पुस १७ गते (जनवरी १) देखि काठमाडौं उपत्यका र पोखराबाट फोरजी सेवा चलाउन टेलिकम अन्तिम तयारीमा जुटेको छ । त्यसका लागि टेलिकमले केही दिनदेखि प्राविधिक परीक्षण गरिरहेको छ । परीक्षणका क्रममा अमेरिकी ब्रान्ड एप्पलका फोरजी चल्ने मोडलमा समेत टेलिकमको फोरज भने नचलेको हो ।



‘टेस्टिङका क्रममा आइफोनका फोरजी कम्प्याटिबल मोडलमा समेत चलनेन,’ टेलिकमका एक प्राविधिकले भने, ‘एप्पलले टेलिकमको नेटवर्कका लागि ‘लोकेसन इनेबल’ नगरिदिएकाले यस्तो भएको हो ।’ उनका अनुसार टेलिकमले पहिले नै फोरजीका लागि आफ्ना उपकरणको सुरक्षामा बढी सचेत एप्पलसँग सम्झौता नगरेकाले यस्तो समस्या आएको हो । तर, एनसेलले भने अनुमति पाउनुपूर्व नै एप्पलसँग यस्तो सम्झौता गरी आफ्नो नेटवर्कको फोरजी सेवा चल्ने बनाइसकेको छ ।

salt training

कमेन्ट गर्नुहोस्