१६ असार २०८३, मंगलबार

रिपब्लिकन पार्टीमा ट्रम्पको पकड मजबूत, आलोचक लिज चेनीलाई नेतृत्वबाट हटाइयो

बैशाख ३०, २०७८
रिपब्लिकन पार्टीमा ट्रम्पको पकड मजबूत, आलोचक लिज चेनीलाई नेतृत्वबाट हटाइयो

अमेरिकामा राष्ट्रपति निर्वाचन हारेका भए पनि डोनल्ड ट्रम्पले रिपब्लिकन पार्टीमा आफ्नो पकड बलियो बनाएका छन् । 

त्यसक्रममा तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ्सका सांसदहरूले लिज चेनीलाई नेतृत्वबाट हटाएका छन् किनकि उनले सन् २०२० को निर्वाचनमा धाँधली भएको भन्ने ट्रम्पको दाबीलाई झूटो भन्दै आएकी थिइन् । 

यस कदमले रिपब्लिकन पार्टीको प्राथमिकताका विषयमा उच्चस्तरीय सन्देश दिएको छ । त्यो के भने पार्टी ट्रम्पप्रति पूर्ण बफादार छ । अनि ट्रम्पको विरोध गर्नेहरूलाई पनि केही हदसम्म सहन तयार छ भन्ने सन्देश पनि दिइएको छ । 

नेतृत्व गुमाउनुअघि चेनी संसदमा रिपब्लिकन पार्टीकी तेस्रो वरियतामा थिइन् । जनवरी ६ मा ट्रम्प समर्थकहरूले संसद् भवनमा गरेको आक्रमणपछि ट्रम्पमाथि लागेको महाभियोगका पक्षमा मतदान गर्ने १० जना रिपब्लिकनमध्ये चेनी पनि एक हुन् ।
 

चेनी पूर्व उपराष्ट्रपति डिक चेनीकी छोरी हुन् । 

अन्य नौजना रिपब्लिकनहरूले पनि ट्रम्पको महाभियोगको पक्षमा भोट दिएकोमा निकै दबाब झेलिरहनुपरेको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्