
न्युजील्यान्डको माओरी पार्टीका नेता राविरी वाइटिटीले संसदमा विरोधका लागि परम्परागत हाका नाच नाचेपछि उनलाई सदनबाट निष्काशन गरिएको छ ।
अर्का सांसदले जातिभेदी कुरा गरेको आरोप लगाउँदै उनले असन्तुष्टि व्यक्त गर्न हाका नाच नाचेका थिए ।
नेसनल पार्टीकी नेत्री जुडिथ कोलिन्सले प्रधानमन्त्री जासिन्दा आर्डर्नलाई आदिवासीहरूका लागि बेग्लै स्वास्थ्य सेवा ल्याउने विषयमा सरकारको योजनाका विषयमा सोधेपछि वाइटिटीले चित्त दुखाएका थिए । यस पहलकदमीलाई
माओरी समुदायको स्वास्थ्य सेवाको गुणस्तरमा सुधार ल्याउने प्रयास भनिएको छ ।
यसमा विवादास्पद रूपमा परिवर्तन गरिएको भनी हप्तौंदेखि बहस चलिरहेको छ । सरकारले गोप्य तरिकाले पृथक्तावादी एजेन्डालाई प्रवर्धन गरिरहेको आरोप कोलिन्सले लगाइन् ।
कोलिन्सले प्रधानमन्त्रीलाई प्रश्न गर्दै गर्दा वाइटिटीले रोके अनि सभामुख ट्रेभर मालार्डलाई आदिवासीहरूका विरुद्ध लक्षित जातिवादी प्रचारबाजी तथा भाषालाई नोट गर्न आग्रह गरे ।
आदिवासीहरूको अधिकारका विषयमा माओरी समुदायका मानिसले मात्र धारणा राख्न पाउने र गैरआदिवासीहरू आफ्नो मर्यादामा बस्नुपर्ने उनले तर्क गरे ।
TPM and Teanau Tuiono leave the chamber after Rawiri Waititi cut off making point of order about the House’s litigation of race issues the past fortnight. pic.twitter.com/wZJ6tIsVRt
— Thomas Coughlan (@coughlthom) May 12, 2021