×

NMB BANK
NIC ASIA

प्रधानमन्त्रीको दौडबाट पछि हट्यो कांग्रेस, ओली नै प्रधानमन्त्रीमा दोहोरिँदै

बैशाख ३०, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

आफ्नो बहुमत नपुग्ने भएपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सरकारको नेतृत्वको दौडबाट पछि हटेको छ । संविधानको धारा ७६ को उपधारा २ अनुसार बहुमतको सरकार बनाउन राष्ट्रपति विद्यादेवी भण्डारीले आह्वान गरेको समय सकिनु केही घण्टाअघि बिहीबार बसेको काँग्रेस पदाधिकारी बैठकले आफ्नो पक्षमा बहुमत जुटाउन नसकिने निष्कर्ष निकालिएको हो । 

Sagarmatha Cement
Muktinath Bank

जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर पक्ष प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा नै उभिने भएपछि कांग्रेसले सरकार गठनका लागि बहुमत पुराउन नसकेको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बुढानिलकण्ठस्थित सभापति शेरबहादुर देउवाको निवासमा बसेको बैठकले बहुमत नपुग्ने भएपछि सरकारको नेतृत्वको दाबी गर्ने अवस्था नबनेको सहमहामन्त्री डाक्टर प्रकाशशरण महतले जानकारी दिए । साथै उनले एकपटक प्रतिनिधिसभामा विश्वासको मत गुमाईसकेका प्रधानमन्त्री ओलीले धारा ७६ को उपधारा २ बमोजिम जसपासँग मिलेर सरकारको नेतृत्वको दाबी गर्न नमिल्ने तर्क पनि गरे । 


Advertisment
Nabil box
Kumari

उनले भने “संभावना देखिएन । संविधानको धारा ७६ को उपधारा २ अनुसार जुन आजसम्म दाबी गर्ने समय थियो । यसभित्र अरु सहयोगी दलहरूको पनि निर्णयको आवश्यकता पथ्र्यो । जसपामा पनि एकमतको निर्णय गर्ने अवस्था देखिएन र माधवजीहरुले पनि निर्णय गर्न सक्नुभएन । त्यसो हुनाले दाबी गर्ने अवस्था अब रहेन । परिणाम नआउने दाबी गर्न जाने कुरा भएन । एक ÷दुई घण्टामा अचानक समर्थन जुट्ने अवस्था आयो भने बेग्लै कुरा हो । तर अहिलेसम्म त्यो स्थिति देखिएन । ७६÷२ (संविधानको धारा ७६ को उपधारा २ ) अन्र्तगत त उहाँ(प्रधानमन्त्री केपी शर्मा ओली)ले दाबी गर्न सक्नुहुन्न । त्यो त गलत नजिर बस्छ । उहाँले एकपटक संसदमा विश्वासको मत लिन असफल भइसकेपछि फेरी ७६/२(संविधानको धारा ७६ को उपधारा २ ) अन्र्तगत दाबी गर्नु अनुपयुक्त हुन्छ । त्यो अनुसार गर्नु हुदैन भन्ने हाम्रो निष्कर्ष हो ।”

Vianet communication
Laxmi Bank

वैकल्पिक सरकार बन्न नसक्ने भएपछि अब केपी ओली नै प्रधानमन्त्री बन्ने पक्कापक्की भएको छ । उनी जसपाको सहयोगमा बहुमतको प्रधानमन्त्री बन्छन् कि ७६ को उपधारा ३ अनुसार बन्छन् भन्नेमा निश्चित भइसकेको छैन । 

यसैबीच नेकपा माओवादी केन्द्र पनि बहुमत जुट्न नसक्ने निष्कर्षमा पुगिसकेको छ ।

पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकमा एमालेकै नेपाल समूहले सहयोग नगर्ने भएपछि आवश्यक बहुमत पुर्‍याउन नसकिने निष्कर्ष निकालिएको हो ।

नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपाको उपेन्द्र यादव समूहले सरकार बनाउन कोसिस गरेपनि बहुमत नपुगेको हो ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x