२७ असार २०८३, शनिबार

प्रधानमन्त्रीको दौडबाट पछि हट्यो कांग्रेस, ओली नै प्रधानमन्त्रीमा दोहोरिँदै

बैशाख ३०, २०७८
प्रधानमन्त्रीको दौडबाट पछि हट्यो कांग्रेस, ओली नै प्रधानमन्त्रीमा दोहोरिँदै

आफ्नो बहुमत नपुग्ने भएपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सरकारको नेतृत्वको दौडबाट पछि हटेको छ । संविधानको धारा ७६ को उपधारा २ अनुसार बहुमतको सरकार बनाउन राष्ट्रपति विद्यादेवी भण्डारीले आह्वान गरेको समय सकिनु केही घण्टाअघि बिहीबार बसेको काँग्रेस पदाधिकारी बैठकले आफ्नो पक्षमा बहुमत जुटाउन नसकिने निष्कर्ष निकालिएको हो । 

जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर पक्ष प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा नै उभिने भएपछि कांग्रेसले सरकार गठनका लागि बहुमत पुराउन नसकेको हो । 

बुढानिलकण्ठस्थित सभापति शेरबहादुर देउवाको निवासमा बसेको बैठकले बहुमत नपुग्ने भएपछि सरकारको नेतृत्वको दाबी गर्ने अवस्था नबनेको सहमहामन्त्री डाक्टर प्रकाशशरण महतले जानकारी दिए । साथै उनले एकपटक प्रतिनिधिसभामा विश्वासको मत गुमाईसकेका प्रधानमन्त्री ओलीले धारा ७६ को उपधारा २ बमोजिम जसपासँग मिलेर सरकारको नेतृत्वको दाबी गर्न नमिल्ने तर्क पनि गरे । 

उनले भने “संभावना देखिएन । संविधानको धारा ७६ को उपधारा २ अनुसार जुन आजसम्म दाबी गर्ने समय थियो । यसभित्र अरु सहयोगी दलहरूको पनि निर्णयको आवश्यकता पथ्र्यो । जसपामा पनि एकमतको निर्णय गर्ने अवस्था देखिएन र माधवजीहरुले पनि निर्णय गर्न सक्नुभएन । त्यसो हुनाले दाबी गर्ने अवस्था अब रहेन । परिणाम नआउने दाबी गर्न जाने कुरा भएन । एक ÷दुई घण्टामा अचानक समर्थन जुट्ने अवस्था आयो भने बेग्लै कुरा हो । तर अहिलेसम्म त्यो स्थिति देखिएन । ७६÷२ (संविधानको धारा ७६ को उपधारा २ ) अन्र्तगत त उहाँ(प्रधानमन्त्री केपी शर्मा ओली)ले दाबी गर्न सक्नुहुन्न । त्यो त गलत नजिर बस्छ । उहाँले एकपटक संसदमा विश्वासको मत लिन असफल भइसकेपछि फेरी ७६/२(संविधानको धारा ७६ को उपधारा २ ) अन्र्तगत दाबी गर्नु अनुपयुक्त हुन्छ । त्यो अनुसार गर्नु हुदैन भन्ने हाम्रो निष्कर्ष हो ।”

वैकल्पिक सरकार बन्न नसक्ने भएपछि अब केपी ओली नै प्रधानमन्त्री बन्ने पक्कापक्की भएको छ । उनी जसपाको सहयोगमा बहुमतको प्रधानमन्त्री बन्छन् कि ७६ को उपधारा ३ अनुसार बन्छन् भन्नेमा निश्चित भइसकेको छैन । 

यसैबीच नेकपा माओवादी केन्द्र पनि बहुमत जुट्न नसक्ने निष्कर्षमा पुगिसकेको छ ।

पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकमा एमालेकै नेपाल समूहले सहयोग नगर्ने भएपछि आवश्यक बहुमत पुर्‍याउन नसकिने निष्कर्ष निकालिएको हो ।

नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपाको उपेन्द्र यादव समूहले सरकार बनाउन कोसिस गरेपनि बहुमत नपुगेको हो ।

salt training

कमेन्ट गर्नुहोस्