०५ साउन २०८३, मंगलबार

तेस्रो पटक प्रधानमन्त्री बने एमाले अध्यक्ष ओली

बैशाख ३०, २०७८
तेस्रो पटक प्रधानमन्त्री बने एमाले अध्यक्ष ओली

राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीलाई प्रधानमन्त्री नियुक्त गरेकी छिन् । राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को उपधारा ३ अनुसार ओलीलाई प्रधानमन्त्री नियुक्त गरिएको राष्ट्रपति कार्यालयले बिहीवार राति विज्ञप्ति मार्फत जनाएको छ । 

२०७४ साल फागुन ३ गते माओवादी केन्द्रको समर्थनमा ओली संविधानको धारा ७६ को उपधारा २ अनुसार प्रधानमन्त्री बनेका थिए । माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि ओलीले वैशाख २७ गते संसदमा विश्वासको मत लिन कोशिष गरेका थिए । 

संसदमा विश्वासको मत लिन नसकेर पदमुक्त भएका ओलीलाई राष्ट्रपति भण्डारीले ३ दिनपछि प्रधानमन्त्री नियुक्त गरेकी हुन् । अब ओलीले ३० दिनभित्र प्रतिनिधि सभामा विश्वासको मत लिनु पर्नेछ । 
बहुमतीय सरकार गठनका लागि राष्ट्रपति भण्डारीले दिएको समय सोमवार सकिएपछि नयाँ प्रक्रिया अनुसार प्रधानमन्त्री नियुक्त गरेकी हुन् । एमालेभित्रको विवाद बिहीबारबाट केही मत्थर भएकोले सहमति भएमा जसपाको महन्थ ठाकुर पक्षको समर्थनमा ओलीले संसदमा विश्वासको मत जित्न सक्छन् । 

यसअघि २०७२ असोज २५ गते पहिलो पटक ओली प्रधानमन्त्री बनेका थिए । २०७३ साउन १९ गते उनी पदमुक्त भएका थिए । बिहीवार प्रधानमन्त्री नियुक्त भएसँगै ओली तेस्रोपटक प्रधानमन्त्री बनेका छन् । 


 

salt training

कमेन्ट गर्नुहोस्