सरकारमा सहभागी हुन जसपालाई ओलीको अफर

एमाले अध्यक्ष केपी शर्मा ओलीले जसपालाई सरकारमा सहभागी हुन अफर गरेका छन् । बिहीबार राति प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा ओलीले जसपा अध्यक्ष महन्थ ठाकुरलाई सरकारमा सहभागी हुन आग्रह गरेका हुन् । 
तर ठाकुरले भने पार्टी सरकारमा सहभागी हुन इच्छुक नरहेको बताएका थिए । तर यस विषयमा पार्टीमा छलफल गरेर निष्कर्षमा पुगिने उनले बताएको बालुवाटार स्रोतले जनाएको छ । 
 
जसपाले नै वैकल्पिक सरकार बनाउन इच्छा नदेखाउँदा राष्ट्रपतिले आह्वान गरेको समयभित्र बहुमतको सरकार बन्न सकेको थिएन । बहुमतको सरकार बन्न नसकेपछि ओलीनै ठूलो पार्टीको हैसियतमा प्रधानमन्त्री बन्ने भएका छन् । 


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्