शीतल निवासले बहुमतको सरकार बन्न नसकेको जनाएको छ । बिहीबार राति एक विज्ञप्ति जारी गर्दै राष्ट्रपतिको कार्यालयको तर्फबाट प्रवक्ता रुपनारायण भट्टराईले बहुमतको सरकारका लागि बिहीबार राति ९ बजेसम्म कसैको पनि दावी पेश नभएको जानकारी दिएका हुन् ।
राष्ट्रपतिले वैशाख २७ गते संविधानको धारा ७६ को उपधारा २ अनुसार बहुमतको सरकार गठनका लागि आजसम्मको समय दिएर आह्वान गरेकी थिइन् ।
