१६ असार २०८३, मंगलबार

सबै मन्त्रीहरु पदमुक्त, भोलि नयाँ मन्त्रिपरिषद् विस्तार

बैशाख ३०, २०७८
सबै मन्त्रीहरु पदमुक्त, भोलि नयाँ मन्त्रिपरिषद् विस्तार

एमाले संसदीय दलका नेता केपी शर्मा ओली नयाँ प्रधानमन्त्रीमा नियुक्त भएसँगै यसअघिको मन्त्रिपरिषद्का सदस्यहरु पदमुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमाले संसदीय दलका नेता ओलीलाई बिहीवार संविधानको धारा ७६ को उपधारा ३ अनुसार प्रधानमन्त्री नियुक्त गरेकी हुन् । 

प्रधानमन्त्री ओलीले भोलि दिउसो पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम तय भएको छ । दिउँसो २ बजे राष्ट्रपति कार्यालय शितल निवासमा ओलीले प्रधानमन्त्रीको शपथ लिने तयारी भएको छ । 
शपथ लिएपछि ओलीले भोलि नै मन्त्रिपरिषद् विस्तार गर्ने एमाले स्रोतले बतायो । यसअघिको मन्त्रिपरिषद्का सदस्य रहेका अधिकांश दोहोरिने स्रोतले बतायो । गृहमन्त्रीमा रामबहादुर थापा, अर्थमन्त्रीमा विष्णु पौडेल, परराष्ट्र मन्त्रालयमा सहित अधिकांश मन्त्रीले पुरानै जिम्मेवारी पाउने सम्भावना छ । केही नयाँ अनुहार पनि समेटिने सम्भावना छ । 

सांसद पद गुमेका पूर्व माओवादी पृष्ठभूमिका लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु साह र गौरीशंकर चौधरी फेरि मन्त्री बन्ने छन् । संघीय संसदको सदस्य नभएको व्यक्ति ६ महिना भन्दा मन्त्री बन्न नपाउने संविधानमा व्यबस्था छ । 
ओलीलाई समर्थन गरेको जनता समाजवादी पार्टी जसपाको महन्थ ठाकुर पक्ष सरकारमा जान चाहेमा उनीहरुलाई पनि सरकारमा सहभागि गराइने एमाले स्रोतले बतायो । 

salt training

कमेन्ट गर्नुहोस्