२१ असार २०८३, आइतबार

माछा मार्ने क्रममा करेन्ट लागेर तामाङको मृत्यु

बैशाख ३१, २०७८
माछा मार्ने क्रममा करेन्ट लागेर तामाङको मृत्यु

नुवाकोटको तादी गाउँपालिका–५ स्थित तादीखोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा गए राति एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सूर्यगढी गाउँपालिका–१ का मिलन तामाङ रहेका छन् ।

तादी र दोर्खुखोलाको सङ्गमस्थलमा करेन्ट लगाएर माछा मार्ने क्रममा गए राति करिब ९ बजेतिर १९ वर्षका तामाङको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रवक्ता प्रहरी नायब उपरीक्षक हरिबहादुर वलीले जानकारी दिए।

उनका अनुसार उनीसँग माछा मार्न गएका अन्य पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएर कारवाहीका लागि अनुसन्धान शुरु गरेको छ ।

सवारी साधनको ब्याट्री प्रयोग गरेर खोलामा माछा मार्दा जोखिम हुने भएकाले त्यस्तो घटनामा संलग्न नहुनका लागि नुवाकोट प्रहरीले अनुरोध गरेको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्