०२ असार २०८३, मंगलबार

भारतीय नेताको अनौठो बयान : कोरोना पनि जीवित प्राणी हो, उसलाई पनि बाँच्ने अधिकार

बैशाख ३१, २०७८
भारतीय नेताको अनौठो बयान : कोरोना पनि जीवित प्राणी हो, उसलाई पनि बाँच्ने अधिकार

भारतमा कोरोनाको संकट चलिरहेको बेलामा उत्तराखण्डका पूर्व मुख्यमन्त्री त्रिवेन्द्र सिंह रावतले अनौठो बयान दिएका छन् । 

बिहीवार उनले कोरोनाभाइरस पनि एक जीव भएको र उसलाई पनि बाँच्ने अधिकार भएको बताए । 

उनले भने, ‘दार्शनिक दृष्टिकोणले हेर्ने हो भने कोरोनाभाइरस पनि जीवित प्राणी हो । अन्य जीव जस्तै यसलाई पनि बाँच्ने अधिकार छ तर हामी बुद्धिमान् भनिने मानिसहरू यसलाई सिध्याउन लागिपरेका छौं । त्यसैले यो आफैंलाई निरन्तर परिवर्तन गरिरहेको छ ।’

मनुष्यले सुरक्षित रहने हो भने भाइरसभन्दा अघि बढ्नुपर्ने उनले बताए । 

रावतको यस बयानलाई सामाजिक सञ्जालमा व्यापक ट्रोल गरिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्