बेइजिङ,१३ पुस – भारतले सोमबार अग्नि–५ ब्यालिष्टिक मिसाईल परीक्षण गरेको प्रति चीनले चासो व्यक्त गरेको छ । मंगलबार चिनियाँ विदेशमन्त्रालयका प्रवक्ता हो चुनिङले यस विषयमा चीनको गम्भिर चासो रहेको बताएकी हुन् ।

भारतले चीन तथा युरोपसम्म लक्ष्य राखी आक्रमण गर्न सक्ने क्षमताको मिसाइल प्रक्षेपण गरेको भोलिपल्टै चिनियाँ विदेश मन्त्रालयले चासो व्यक्त गरेको आजको राजधानी दैनिकमा खबर छ ।
‘चीन सधै दक्षिण एसियामा शान्ति र सम्वृद्धिको पक्षमा रहेको छ, हामी यस क्षेत्रको स्थायित्वका लागि काम गर्न चाहन्छौं’, विदेश मन्त्रालयकी प्रवक्ता चुनिङले प्रश्न गरिन्, ‘हामीले समाचारहरु सुनेका छौं के भारतले चीनको विरुद्धमा मिसाइल परीक्षण गरेको हो ? यस विषयमा भारतसँग मिसाइल परीक्षण गर्नुको उनीहरुको उद्देश्य के हो भन्ने सोध्नुपर्छ ।’
उनले चीन र भारतबीच आपसी विवाद नरहेको समेत प्रष्ट पारिन् ।