०१ असार २०८३, सोमबार

बाँडफाँड भयो सीईडीबी हाइड्रोपावरको आईपीओ, तपाईंको भागमा कति ?

बैशाख ३१, २०७८
बाँडफाँड भयो सीईडीबी हाइड्रोपावरको आईपीओ, तपाईंको भागमा कति ?

सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) शुक्रवार बाँडफाँड  भएको छ ।

बिक्री प्रबन्धक सनराइज क्यापिटलले शुक्रवार बिहान ११ बजे आईपीओ बाँडफाँड गरेको  हो ।

कम्पनीले यही वैशाख १७ देखि २१ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँअंकित मूल्यका २५ करोड १८ लाख २३ हजार रुपैयाँ बराबरको २५ लाख १८ हजार २३० कित्ता साधारण सेयर बिक्री खुला गरेको थियो । जसमध्ये २ प्रतिशत अर्थात् ५० हजार ३६५ कित्ता सेयर कर्मचारीका लागि र ५ प्रतिशत अर्थात् १ लाख २५ हजार ९११ कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्ट्याएर बाँकी २३ लाख ४१ हजार ९५४ कित्ता सेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको हो ।

उक्त आईपीओमा १७ लाख ३६ हजार ७०० आवेदकबाट २ करोड ६३ लाख ४५ हजार ५०० कित्ता सेयर माग भएको थियो । जसमध्ये १६ लाख ८५ हजार ६२७ आवेदकको २ करोड ४७ लाख ७ हजार १०७ कित्ता भेरिफाइ भएको थियो । जसमध्ये ४ हजार ४४२ आवेदकको ६१ हजार ३७२ कित्ताको आवेदन अयोग्य भएको छ ।

यस्तै, ४८ हजार ३२२ आवेदकको आवेदन भेरिफाइ गर्ने क्रममा रद्द हुँदा १६ लाख ३७ हजार ६५९ आवदकलाई गोलाप्रथाबाट सेयर बाँडफाँड भएको बिक्री प्रबन्धक सनराइज क्यापिटलले जनाएको छ ।

सर्वसाधारणमा निष्कासन भएको २३ लाख ४१ हजार ९५४ कित्ता सेयर धितोपत्र निष्कासन तथा बाँडफाँड नियमावलीअनुसार १० कित्ताको दरले बाँडफाँड गर्दा २ लाख ३४ हजार १९५ आवेदकले १० कित्ता पाएका छन् भने सोमध्ये चारजना आवेदकलाई थप १ कित्ता हुँदा ११ भाग आउनेछ । बाँकी रहेका १४ लाख ३ हजारभन्दा बढी आवेदकको हात खाली भएको छ ।

कम्पनीले जारी पुँजी ८३ करोड ९४ लाख १० हजार रुपैयाँको ३० प्रतिशतले हुने २५ करोड १८ लाख २३ हजार रुपैयाँ बराबरको आईपीओ निष्कासन गरेको हो ।

salt training

कमेन्ट गर्नुहोस्