असोज ३०, २०८०
आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...
कोरोना कहरको दोस्रो लहर निकै घातक बन्दैछ । संक्रमण दर, संक्रमणका प्रभाव तथा मृत्युदरले दर्दनाक अवस्थाको चित्रण गर्छ ।
हिजो मात्रै भारतमा छिट्टै तेस्रो लहर समेत आउनसक्ने भन्ने प्रक्षेपण जनस्वास्थ्यविद्हरुले गरेबाट भविष्यमा पनि नयाँ संकटको सम्भावनालाई नकार्न सकिँदैन ।
कोरोनाको फैलावटलाई काबुमा राख्न सरकारले सकेको प्रयास गरिरहेको बताउँछ । यही मौका छोपेर केही अस्पतालबाट सार्वजनिक उपचार शुल्कले समाज कुन दिशातर्फ जाँदैछ भन्ने देखाउँछ ।
लगत्तै सामाजिक सञ्जालमा ‘सरकारी अस्पताल जाउँ ज्यान घर आउँदैन, निजी अस्पताल जाउँ आउँदा घर बाँकी रहँदैन’ भन्ने टिप्पणी भाइरल बन्यो । उद्देश्य र आशय चाहिँ निजी अस्पतालका सञ्चालकको होला तर हामी सामाजिक सञ्जालमा गाली चाहिँ चिकित्सक तथा स्वास्थ्य सेवाका कर्मचारीलाई दिइरहेका थियौं । मकै खाने कालु, दोष पाउने भालुको सत्यता चरितार्थ थियो ।
विषम परिस्थितिमा सरकारको जस्तोसुकै आयतन र गतिको सक्षमता समेत अपूर्ण हुने सत्यता विकसित भनिएका देशको नाजुक अवस्थाले प्रमाणित गर्दैछ । सरकारी कार्यसम्पादनमाथि शंका गर्ने सुविधा त सबैलाई छ तर यस महामारीजन्य अवस्थामा निजी स्वास्थ्य संस्थाको मनोविज्ञान तथा गलत उद्देश्य हेर्दा अन्तिम आशा भने सरकारी अस्पतालकै गर्नुपर्ने हुँदैछ ।
शुक्रराज ट्रपिकल, प्रहरी एवं सेनाका अस्पताल लगायत थुपै्र सरकारी अस्पतालबाट प्रशंसायोग्य सेवाप्रवाह भएको देखिन्छ । निजी अस्पतालले महामारीको पहिलो चरणमा पनि उच्च निःसन्देहता प्रदर्शन गरेका थिए, अहिले कमाउने मौकाको रूपमा हेर्दैछन् । यद्यपि यसको विरोधस्वरूप अस्पताल सञ्चालकको बदमासीलाई मोहोरा बनाएर आमचिकित्सक तथा स्वास्थ्य सेवाका कर्मचारीलाई गाली गर्नु मूर्खताको अर्को अध्याय मात्र हो । वास्तवमा यो कहर र त्रासबीच समाजले सम्मान अनि सलाम गर्नुपर्ने स्तुत्य कोही पेशाकर्मी छन् भने त्यसको अग्रस्थानमा आदरणीय चिकित्सकहरू हुनुहुन्छ ।
महामारीकै भेलमा परेर विश्व व्यवस्थामाथि बदलाव तथा शक्ति सन्तुलनको समीकरण परिवर्तनको सम्भावना पनि देखिँदैछ । संसार पराग खन्नाको पुस्तक ‘द फिउचर इज एजीयन’ तथा फरीद जकारियाको ‘पोस्ट अमेरिकन वल्ड’का आकलनउन्मुख हुँदैछ । शक्ति र सफलताको परिभाषा फेरिँदो छ ।
विश्वभर प्रकोपको शुरूआती चरणदेखि नै आममानिसको जीवन पद्घति, सामाजिक, सार्वजनिक अनि पेशागत स्वरूपहरू बदलिएका छन् । धेरैजसो मानिसहरू स्वेच्छा अथवा बाध्यताले घरभित्र नै बसेको अवस्था छ । मिल्नेसम्मका कामहरू विद्युतीय पद्धतिमा र ‘वर्क फ्रम होम’को अवधारणामा चल्दैछन् । संसारभर ‘भर्चुअल वर्क सिस्टम’ प्रचलित बन्दैछ । बैंकिङ तथा शिक्षण गतिविधिमा यसको ठूलो प्रयोग भएको छ । अनुसन्धानहरूले घरैबाट काम गर्दा प्रभावकारिता र कार्यसम्पादन झनै राम्रो भएका तथ्य समेत सार्वजनिक भएका छन् । तसर्थ महामारी नियन्त्रणपछि जनजीवन सामान्य भएपश्चात पनि थुप्रै कामहरू घरबाटै हुने अवस्थामा जानसक्ने देखिन्छ ।
मुस्किलले ३० प्रतिशत रोजगार प्रदायकहरू नियमित सञ्चालनमा रहे पनि अधिकतम २५ प्रतिशतभन्दा माथि मानिसहरूको रोजगारी नगुमेको तथ्यांकहरु सार्वजनिक भएका छन् ।
तर केही यस्ता पेशाकर्मी व्यक्ति तथा संस्थाहरू छन्, जसलाई न त स्वेच्छाले न त बाध्यताले घर बस्ने छुट छ । स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीहरू अघिल्लो घेरामा रहेर महामारीबाट नागरिकलाई बचाउन दिलोज्यान दिएर खटिरहेका छन् । सञ्चारकर्मी समेत नागरिकलाई सुसूचित गर्न अग्रमोर्चामा देखिन्छन् ।
जसले आफ्नो ज्यानको बाजी लगाएर बाँकी समाजको लागि काम गरिरहेको छ र महामारीलाई समुदायमा फैलन नदिन हरसम्भव प्रयास गरेको छ, उसैलाई नगरेको गल्तीमा दोषी करार गर्न खोज्नु निन्दनीय छ । अरू मानिसहरू परिवारसँग बसेर समय बिताइरहेका बेला, कोही कतै ननिस्किएर आफू र परिवारलाई सुरक्षित राख्ने अवसर पाएको बेला, जनजीवन सामान्य भएपछि फेरि निस्कौंला भनेर भोलिलाई समय साँचेको बेला सुरक्षाकर्मी तथा स्वास्थ्यकर्मीलाई भने बेजोड व्यस्तता छ । उनीहरू न त परिवारसँग बस्न पाएका छन्, न त परिवार नै पूर्ण सुरक्षित रहने अवस्था छ, न त भोलिको समय बसमा रहने भन्ने कुनै निश्चितता छ ।
चिकित्सकको सवालमा त अझ सेवाबाट निवृत्त भएकाहरूलाई समेत पुनः सेवामा आउनुपर्ने बनाइएको छ । केही महिनाअघि उपत्यका ट्राफिक प्रहरी प्रमुख भीमप्रसाद ढकाल घरभित्र नपसी गेटबाटै आफ्ना पुत्ररत्नलाई जन्मदिनको शुभकामना दिएर कार्यक्षेत्रमा फर्किएको समाचार सञ्चारमा आएको थियो । यो एउटा प्रतिनिधि घटना मात्र हो । आमस्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीबाट देशमाथि उच्च तहको योगदान हुँदैछ ।
समय परिस्थिति अनुसार देश निर्माणका लागि आवश्यक पर्ने योगदानको स्वरूप परिवर्तन हुन्छ । २८० वर्ष पहिले आधुनिक नेपालको भौगोलिक तथा सांस्कृतिक निर्माणमा तत्कालीन राजाबाट अतुलनीय योगदान भयो । राजनीतिक व्यवस्था परिवर्तनका लागि कुनै समय नेताहरूबाट एकहदको योगदान देशले प्राप्त गर्यो । अहिले आममानव जीवनको रक्षाका लागि स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीले त्यस्तै योगदान गरिरहनुभएको अवस्थालाई बिर्सनु हुँदैन ।
उनीहरूकै कार्यकुशलताका कारण हामी सुरक्षित रहेका छौं । आपसी सहयोग, सामिप्यता, सद्भाव, सदाचार, शिष्टताको सट्टा विभिन्न ठाउँमा असामाजिक, अमानवीय हर्कत छिटफुट रूपमा देखिनुले कतै नागरिक विवेक मर्दै गएको त होइन भन्ने प्रश्न उठ्छ । अनावश्यक रूपमा आवागमन गर्ने, जनस्वास्थ्य तथा सामाजिक हितमा सरकारबाट जारी अनुरोधलाई अवमूल्यन गर्ने, लापरवाहीपूर्ण काम गर्ने कमजोरी समेत भएको देखिन्छ । अर्कोतिर समाज र मानवलाई जोगाउन अहोरात्र खटिएका र बाँकी समाजले भोलि सामान्य जीवन पाउँदा आफू चाहिँ त्यो समयको अनुभवका लागि बाँकी रहन्छु कि रहन्न भन्ने अनिश्चिततामा नै हिँडिरहेका महामारी पराजित गर्ने युद्घका नायकहरूमाथि अशिष्ट रूपमा प्रस्तुत हुनु घमण्डको अतिरञ्जनाबाहेक केही हुन सक्दैन । तत्काललाई आफू उच्च जोखिममा नपरेको आधारलाई सामर्थ्य मानेर अरूमाथि घमण्ड देखाउनुभन्दा हरेक घमण्डको सामर्थ्य क्षणिक तर अन्ततोगत्व हानिकारक हुन्छ भन्ने ज्ञानलाई आत्मसात गर्न कोही चुक्नु हुँदैन ।
सन् २०१२ नोभेम्बर ६ मा ‘साइन्टिफिक अमेरिकन माइन्ड’ पत्रिकामा प्रकाशित स्ट्यान्डफर्ड विश्वविद्यालयकी सहप्राध्यापक इमा सेपालको अनुसन्धानात्मक लेख अनुसार प्राकृतिक विपत अथवा अन्य खालका महामारीजन्य समस्याहरूले आममानवलाई जोड्छ । संकटमा मानिसहरू आपसी आत्मीयता देखाउँछन् । भूइँचालो, नाकाबन्दी, नक्साक्रमणमा जस्तै कोरोना भयका बखत समेत आममानवबीच गहिरो प्रेम, विश्वास र आपसी सद्भाव देखिनुपर्छ ।
आरोग्य तथा अहिंसा पूर्वीय दर्शनका प्रमुख लक्ष्य हुन् । हिंसा भनेको शारीरिक पीडा अथवा दुर्व्यवहार मात्र होइन । मानसिक तथा असामाजिक व्यवहार हिंसाको सबैभन्दा जघन्य स्वरूप हो । एकाइसौं शताब्दीमा विश्वको प्रधान चेतनशील प्राणी मानिएको मानवबाट नै यसरी गलत व्यवहार देखिनुले हाम्रो सोचाइको नीच अनि पाशवत स्तरलाई उजागर गर्छ, ‘बसुदैव कुटुम्बकम’को संस्कृतिलाई चिर तथा चरम बर्खिलाप गर्दछ ।
इतिहास पढ्दा देशका लागि ज्यान दिएका अथवा दिन तत्पर भएका मानिसहरूप्रति हामी नतमस्तक बन्छौं । हिजो देशको लागि ज्यान दिने परिवेश र आवश्यकता भिन्न थियो । आज देश र समाज परिवर्तनका लागि बलिदान दिने प्रक्रिया फेरिएको छ, बाटो फेरिएको छ । तर उनीहरूको योगदानका कारण आगामी देश र बाँकी समाज अझ प्रगतिउन्मुख र सुरक्षित बनोस् भन्ने कामना तथा पवित्र उद्देश्य फेरिएको छैन, योगदानमा शिरोपर भएको लक्ष्य फेरिएको छैन । यात्रु फेरिए, मार्ग फेरियो, यात्रा शैली फेरियो तर गन्तव्य उही छ, पवित्रता फेरिएको छैन ।
राज्यको चरित्र ‘पोलिस स्टेट’ (विशेषत सिमाना विस्तारमा चासो भएको राज्य) बाट ‘वेलफेयर स्टेट’ (लोक कल्याणकारी राज्य) मा बदलिएपछि देशका लागि गर्ने योगदानको पद्धति समेत बदलिन्छ । अहिले त्यो योगदान मूलतः स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीहरूबाट सम्पादन हुँदैछ । देश र समाजका लागि ज्यानको बाजी लगाइराखेका छन् । उनीहरूप्रति नतमस्तक रहनुपर्छ, विराट माया, असिम आभार व्यक्त गर्नुपर्छ ।
सबैले सर्तकता अपनाऔं, सजग रहौं । स्वास्थ्यकर्मीहरूलाई सहृदयी तथा सकारात्मक सहयोग गरौं । मिलेर मात्र महामारीलाई जित्न सकिन्छ । सक्नेले संक्रमण नियन्त्रणमा प्रत्यक्ष योगदान गरौं । काम गरिरहेकाहरूलाई सक्छौं सम्मान गरौं, सक्दैनौं अपमानित नगरौं, असहयोग नगरौं । उनीहरूको मनोबल उच्च राख्न प्रयास गरौं । उनीहरूको अनुकम्पाले मात्र हाम्रो बाँकी जीवन सुरक्षित रहन्छ । सत्यता नबिर्सौं, संयमता नगुमाऔं ।
उपचार शुल्कको सूची हेरेर गाली सञ्चालकलाई गरौं, नियत र नाफा सञ्चालकको हो, उ पनि चिकित्सक हुनसक्छ तर थोरै बिरामी जाँच्ने र धेरै व्यापार अनि राजनीति गर्ने । चर्काे शुल्कको कसूरमा साँच्चै बिरामी जाँच्ने आमचिकित्सकलाई नचिढ्याऔं, दोषी करार नगरौं ।
आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...
कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...
मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....। हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...
गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नगरपालिकाबाट हटाएको विषय अहिले निकै चर्चामा छ । २०५४ मा त्यही प्रकृतिको क्रियाकलाप गरेका थिए, लीला थापा मगरले । जिल्ला विकास समिति...
राजधानी काठमाडौंबाट कयौं सय माइल टाढा रहेका जाजरकोट र रुकुम पश्चिम यतिबेला भूकम्पले इतिहासकै सर्वाधिक पीडामा छन् । गोधूलि साँझसँगै ओठ काँप्ने जाडो शुरू हुन थाल्छ । आमाको मजेत्रोमा लपेटिएका बच्चाहरू चि...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...
आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...
दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो । यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...